• १९ जेष्ठ २०८१, शनिबार
  •      Sat Jun 1 2024
  •   Unicode
Logo
Latest
★   ‘राष्ट्रनिर्माणमा दलित’ सार्वजनिक ★   नासाद्वारा सबैभन्दा टाढाको आकाशगङ्गा फेला परेको दावी ★   तनहुँलाई खेलकुद हबका रूपमा विकास गर्नुपर्छ: उपसभापति वाग्ले ★   टेस्ट मान्यताप्राप्त टिमलाई हराएर नेपाल पनि सक्षम छ भन्ने सन्देश दिने बेला भइसक्योः रोहित ★   अब छोराछोरीको कमाइको १० प्रतिशत बाबुआमालाई दिनुपर्छ: मन्त्री चौधरी ★   सिभिल सहकारीको सम्पत्ति हड्प्न सिभिल मलका मालिक लालकाजी र मिनाले मुद्दा हालेको पीडित बचतकर्ताहरुको आरोप ★   हमासको अन्त्य नभएसम्म गाजा युद्ध अन्त्य नहुने नेतान्याहुको दावी ★   भलिबलको लागि आवासीय कभर्ड हल बनाउनेछौँः मन्त्री श्रेष्ठ ★   एघार दिनपछि मनसुन भित्रिने पूर्वानुमान ★   राप्रपा भक्तपुर अध्यक्षमा कार्की निर्वाचित

उद्योग समितिले असोज १० गतेदेखि चाडपर्व लक्षित बजार अनुगमन गर्दै



काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले असोज १० गतेदेखि चाडपर्व लक्षित बजार अनुगमन गर्ने भएको छ ।

बिहीवार सिंहदरबारमा बसेको समिति बैठकले ६ वटा संसदीय अनुगमन उपसमिति बनाएर बजार अनुगमन गर्न लागेको हो । समिति बैठकमा बोल्दै समिति सभापति अब्दुल खानले संसदीय अनुगमन उपसमिति बनाएर धनगढीबाट असोज ६ गतेदेखि प्रदेश,स्थानीय सरकारसँग समन्वय गरी बजार अनुगमन गर्न लागेको बताउनु भयो ।

उहाँले बजार अनगमन नेपाल सरकारका सम्बन्धित निकायहरु,केन्द्रिय, प्रदेश र स्थानिय अनुगमन समितिबाट भए गरेका काम कारबाहीहरुका बारेमा स्थलगत निरीक्षण गरी जानकारी लिने बताउनु भयो । उहाँले समितिले अनुगमनको लागि विभिन्न ६ वटा संसदीय अनुगमन उपसमिति गठन गरिएको बताउनु भयो । सभापति खानले उपसमितिहरुले प्रदेशका मुख्य व्यापारीक केन्द्रहरु धनगढी,नेपालगञ्ज,सुर्खेत,मोरङ,पोखरा,विराटनगर र वीरगञ्ज लगायतका शहरहरुमा अनुगमन गर्ने उल्लेख गर्नुभयो । उहाँले काठमाडौं उपत्यकाका भक्तपुर र ललितपुरका विभिन्न क्षेत्रहरुमा अनुगमन गर्ने बताउनु भयो। उहाँले अनुगमन उपसमितिले सरोकारवाला निकायहरुसँग संसदीय अनुगमन समितिले छलफल समेत गर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘समितिले चाडपर्व लक्षित अनुगमन गर्छ । बजार अनगमन नेपाल सरकारका सम्बन्धित निकायहरु,केन्द्रिय,प्रदेश र स्थानिय अनुगमन समितिबाट भए गरेका काम कारबाहीहरुका बारेमा स्थलगत निरिक्षण गरी जानकारी लिने । समितिले विभिन्न ६ वटा संसदीय अनुगमन उपसमिति गठन गरिएको छ । जसमा उपसमितिहरुले प्रदेशका मुख्य व्यापारीक केन्द्रहरु धनगढी, नेपालगञ्ज, सुर्खेत, मोरङ, पोखरा, विराटनगर र वीरगन्ज लगायतका शहरहरुमा अनुगमन गर्ने छ ।

काठमाडौं उपत्यकाका भक्तपुर र ललितपुरका विभिन्न क्षेत्रहरुमा अनुगमन गर्ने छ । सरोकारवाला निकायहरुसँग संसदीय अनुगमन समितिले छलफल गर्नेछ । जिल्ला प्रशासन कार्यालयले तोकेको स्थानमा अनुगमन गरिनेछ । चाडपर्व लक्षित मुल्य वृद्धि,कालोबजारी,मिसावट र कृतिम अभाव लगायतका विषयमा अनुगमन प्रतिवेदन समितिलाई बुझाउने गरी असोज १० गतेदेखि सञ्चालन गरिने छ । अनुगमनको शुरुवात धनगढीबाट शुरु गरिनेछ ।’

उहाँले चाडपर्व लक्षित मूल्य वृद्धि,कालोबजारी,मिसावट र कृतिम अभाव लगायतका विषयमा अनुगमन प्रतिवेदन समितिलाई बुझाउने गरी असोज १० गतेदेखि सञ्चालन गरिने बताउनु भयो ।