२२ श्रावण २०८३, शुक्रबार
,
Latest
सरकारको नियतमाथि शंका छैन तर राज्य सञ्चालनमा ढंग पुगेको छैनः मनिष झा पोडवे निर्माणसम्बन्धी औपचारिक सम्झौतापत्रमा हस्ताक्षर पेट्रोलियम पदार्थ चोरी गर्ने प्रहरी नियन्त्रणमा काठमाडौँमा २४ घण्टामा १८१ सवारी चालक कारबाहीमा सरकारले नेपाल राष्ट्र बैंकको स्वायत्ततामाथि प्रहार गर्‍योः एमाले सांसद राई कञ्चनपुरमा मल अभाव किन भन्ने प्रश्न यथावत सरकारको चौथो त्रैमासिक विवरण सार्वजनिक : चार महिनामा मन्त्रिपरिषद्का ३८४ निर्णय पूर्व एसएसपी दिपक रञ्जित राप्रपाको काठमाण्डौं महानगर अध्यक्षमा निर्वाचित दुबईको चर्चित ब्राण्ड ‘जमजम पफ्र्युम्स’ नेपालमा, ‘जमजम ब्रदर्स’ आइपुगे काठमाडौं जनकपुरधाममा साहु–महाजनको प्रदर्शनः भदौमा सिंहदरबार घेर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

यु–१९ साफ च्याम्पियनसिप आजदेखि, नेपालले पाकिस्तानसँग खेल्दै



अ+ अ-

काठमाडौं । पाँचौं संस्करणको साफ यू–१९ च्याम्पियनसिप आजदेखि काठमाडौंमा सुरु हुँदैछ । घरेलु टोली नेपालले आज पाकिस्तानसँग खेल्दैछ । दशरथ रंगशालामा हुनलागेको नेपाल र पाकिस्तानबीचको खेल नेपाली समय अनुसार बेलुका ५:३० बजेबाट सुरु हुनेछ ।

यू–१९ च्याम्पियनसिपको पाँचौ संस्करणसम्म आइपुग्दा नेपाल र भारतले समान दुई पटक उपाधि जितेका छन् । अरु कुनै साफ राष्ट्रले अहिलेसम्म उपाधि हात पार्ने सकेको छैनन् । नेपालबाटै शुरु भएको यो उमेरसमूहको च्याम्पियनसिमा नेपालले तेस्रो पटक आयोजना गर्न लागेको हो ।

२०१५ मा काठमाडौंमा सम्पन्न पहिलो संस्करणमा विमल घर्तिमगरको कप्तानीमा नेपालले उपाधि जितेको थियो । त्यसको दुई वर्षपछि भुटानको थिम्पुमा नेपालले दोस्रो उपाधि जित्यो । यद्यपि, त्यो यु–१८ साफ च्याम्पियनसिप हो । नेपाल यसपाली पनि घरेलु भूमिमा उपाधि उचाल्न चाहन्छ।

यस्तै, प्रतियोगिताको उद्घाटन खेलमा भने भारत र बंगलादेश भिड्दै छन् । भारत र बंगलादेशबीचको खेल दशरथ रंगशाला मै दिउँसो १:३० बजेबाट सुरु हुने छ।

समूह ‘ए’ मा नेपाल, पाकिस्तान र माल्दिभ्स छन् । समूह ‘बी’ मा भारत, भूटान र बंगलादेश छन् । दुवै समूहबाट शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् । नेपालको कप्तानी गोलकिपर जियारथ शेखले गर्नेछन् । नेपालको पहिलो लक्ष्य समूहमा शीर्ष स्थान ओगट्दै सेमिफाइनलमा बलियो दाबेदारी प्रश्तुत गर्ने हुनेछ ।

२३ सदस्यीय नेपाली टोली:
गोलकिपर – जियारत शेख, रविन बोगटी, अमित तामाङ
डिफेन्डर – सेमन्ता थापा, विशाल नेपाली, विक्रम तामाङ, आयुष तिम्सिना, आश्विन घोरासाइने, दीपक थापा मगर, निशाङ पाराङडेन (लिम्बु), गौरव महर्जन
मिडफिल्डर – कुशल देउला, लक्षु थापा, प्रशान्त लक्षम, अभिनाश स्याङ्तान, अनिल भोम्जन, धनसिंह बिके, हरिशराज भट्ट, नेल्सन तामाङ
फरवार्ड – समिर तामाङ, निराजन धामी, सुजन डंगोल, सिद्धार्थ अधिकार
प्रशिक्षक– सुनिल श्रेष्ठ