२९ मंसिर २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अभिनेता गौरव पहारीले गरे इन्गेजमेन्ट



अ+ अ-

काठमाडौँ । अभिनेता गौरव पहारीले इन्गेजमेन्ट गरेका छन् । गौरवले बुधबार श्रेणी खतिवडासँग इन्गेजमेन्ट गरेका हुन् । इन्गेजमेन्ट समारोहमा नजिकका साथीभाइ र परिवारलाई मात्र बोलाइएको थियो ।

स्रोतका अनुसार उनीहरू माघमा विवाह गर्ने तयारीमा छन् । श्रेणी पेशाले फिटनेस प्रशिक्षक हुन् ।

गौरवले ‘मञ्जरी’, ‘होस्टेल’, ‘उत्सव’, ‘गाजलु’, ‘साइली’ लगायत फिल्ममा अभिनय गरेका छन् ।