२२ श्रावण २०८३, शुक्रबार
,
Latest
कृषि उपज जोगाउन ‘वन्यजन्तु हेरालु’लाई व्यवसायिक बनाउन सांसद खड्काको माग विकास निर्माणमा समन्वयको अभाव र प्रशासनिक बेथितिप्रति सांसदहरूको आपत्ति कांग्रेस आधिकारिकता विवाद: पुनरावलोकनबाट न्याय पाउने डा. कोइरालाको विश्वास साउन २९ देखि काँग्रेस संस्थापन इतरको राष्ट्रिय भेला हुने, देउवाले सम्बोधन गर्ने साउन महिनाबाटै ठेक्का प्रक्रिया शुरु, विद्युत मिटरको अभाव क्रमिक रूपमा समाधान हुँदैछः मन्त्री श्रेष्ठ शम्भूजीत,रुपक र किरणको सयुक्त प्रस्तुति ‘यो जन्ममा’ सार्वजनिक इन्टर्न चिकित्सक डिल्ली हरिजनको माग तत्काल सम्बोधन गर्न खुश्बु ओलीको आग्रह प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन एमाले प्रमुख सचेतक दुलालको माग आगामी निर्वाचनमा कम्तीमा १०० महिलालाई नेतृत्वमा ल्याउने सभापति थापाको उद्घोष वर्तमान सरकारमा शासकीय अराजकता हाबी भयोः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

ऋषिपञ्चमी पर्वमा टेकुस्थित ऋषेश्वर मन्दिरमा भक्तजनको भीड- तस्बिरहरु



अ+ अ-

काठमाडौँ । भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषि पञ्चमी पर्व आज देशभर मनाइँदै छ । ऋषिपञ्चमीका दिन काठमाडौंको टेकुस्थित ऋषेश्वर मन्दिरमा भक्तजनको भीड छ । आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदै छन् ।

महिलाले आज बिहानै उठेर स्नान गरी सोमवारको हरितालिकाको व्रत समापनका लागि गोदान, पूर्णपात्रलगायत धार्मिक कर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्दछन् । हरितालिका (तीज) को व्रत एवं पूजाआजा महिला पुरुष दुवैले गर्ने शास्त्रीय वचन रहेपनि ऋषि पञ्चमी भने महिलाका लागि मात्र गर्नुपर्ने शास्त्रीय वर्णन रहेको छ ।

रजश्वलाका समयमा कुनै त्रुटि भएको भए आज ऋषि पञ्चमीको दिन अरुन्धतीसहित सप्त ऋषिको पूजा गर्नाले त्यसबाट मुक्ति पाइने धार्मिक विश्वास छ । नारीलाई रजश्वलाको प्रथम दिन चाण्डाल्नी, दोस्रो दिन ब्रह्मघातिनी, तेस्रो दिन धोबिनी र चौथो दिन स्नान गरी शुद्ध हुन्छिन् भन्ने विश्वास गरिन्छ । यसैकारण आजको दिन दत्तिउन,गाईको गोबर, माटो र खरानी प्रयोग गरी स्नान गरेर पञ्चगव्य सेवन गर्नाले छुवाछुतको दोष निवारण हुन्छ भन्ने शास्त्रीय वचन छ ।

यसरी स्नान गरेपछि अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने गरिन्छ । जसलाई ऋषि पञ्चमीको पूजा लगाउने भनिन्छ । सप्त ऋषिको पूजा गर्ने पञ्चमी भएकैले आजको पञ्चमीलाई ऋषि पञ्चमी भन्ने गरिएको हो । आज काठमाडौंको टेकु, मुलपानी लगायत मुलुकभरका ऋषेश्वर मन्दिरमा पूजा आजाका लागि श्रद्धालु महिला भक्तजनको भीड लाग्छ ।




भर्खरै