• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   सामुदायिक विद्यालयको एसईई उत्तीर्ण प्रतिशत ७८ : विश्व निकेतन बन्यो, देशभरिमै धेरै विद्यार्थीले ४ जीपीए… ★   यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु ★   महासमितिबाट पारित दस्तावेज केन्द्रीय समितिमा लगिने ★   जोशीलाई ‘कौसी क्वीन’ उपाधि ★   रामबहादुर बम्जनलाई १० वर्ष कैद सजाय ★   पूर्वसभापति कोइरालाको शताब्दी जन्मजयन्तीमा कांग्रेसले तस्बिर प्रदर्शनी र विमर्शसभा गर्ने ★   सत्तामा संकटः प्रचण्डको प्रस्तावमा ओलीको मौनता ★   ओलीले पार्टीका मन्त्रीहरुलाई बालकोट बोलाए ★   महामन्त्री ढकालबारे उपसभापति अर्याल: पार्टीको अनुशासनबाहिर गएको भए कारबाही हुन्छ ★   यो वर्ष प्रधानमन्त्री बनिन्छ जस्तो लाग्दैन: ओली

बिहीबार नेप्से परिसूचक २५.८२ अंकले उकालो, ४ अर्बभन्दा बढीको कारोबार



काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक २५.८२ अंकले उकालो लागेको छ । यस दिन १ प्रतिशतले बढेर २ हजार ६११.१० विन्दुमा पुगेर बन्द भएको हो । बिहीबार नेप्से इन्डेक्स पनि ३.९१ अंकले बढेको छ । यस दिन ०.८४ प्रतिशतले बढेर ४ सय ६९.०२ विन्दुमा पुगेर इन्डेक्स बन्द भएको छ ।

आजको शेयर कारोबार रू. ४ अर्ब ३५ करोड ७० लाख १९ हजार बराबरको ९८ लाख १८ हजार ४६ कित्ता भएको छ । आज २ हजार ६०१.२१ विन्दुदेखि खुला भएको बजार २ हजार ५९८ विन्दुसम्म झरेको थियो । यो दिन कुल कारोबारमा सर्वाधिक रकमको हिस्सा एनसीसी बैंकले ओगटेको छ । उक्त कम्पनीको  रू. ३० करोड ९६ लाख ९४ हजार बराबरको शेयर कारोबर भएको हो । सर्वाधिक रकमको कारोबार भएको यो दिन एनसीसी बैंकको शेयरमूल्य प्रतिकित्ता रू. १२ ले बढेर अन्तिम मूल्य रू. ३५२ कायम भएको छ ।

२१७ ओटा कम्पनीको ५० हजार ६७३ पटकको व्यापारमा उक्त रकम बराबरको शेयर कारोबार भएको हो । यसदिन होटल्स तथा पर्यटन समूह र लगानी समूहको परिसूचक घटेको छ भने बाँकी समूहको बढेको छ । यो दिन व्यापारिक समूहको परिसूचक सर्वाधिक ३.४८ प्रतिशत बढेको छ भने जलविद्युत् समूहको ३.४८ प्रतिशत बढेको छ । 

सिंगटी हाइड्रो इनर्जीको बिहीबार धितोपत्र बजारमा दोस्रो कारोबार दिन रहेको छ । पहिलो कारोबार दिन ७.८४ प्रतिशत बढेको उक्त कम्पनीको शेयरमूल्य बिहीबार उच्च दरमा बढेको हो ।

बिहीबार महिला लघुवित्त वित्तीय संस्था र सिंगटी हाइड्रो इनर्जी लिमिटेडको शेयरमूल्य १० प्रतिशत बढेको छ भने विशाल बजार कम्पनीको ९.९९ प्रतिशत बढेको छ । महिला लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता रू. २८४ ले बढेर अन्तिम मूल्य रू. ३ हजार १२५ र सिंगटी हाइड्रो इनर्जीको प्रतिकित्ता रू. ३३ ले बढेर अन्तिम मूल्य रू. ३६३ पुगेको हो ।

त्यस्तै, बैंकिङ्गको ०.४३ प्रतिशत, विकास बैंकको ०.९८ प्रतिशत, वित्तको ०.४२ प्रतिशत, निर्जीवन बीमाको ०.९८ प्रतिशत, उत्पादन तथा प्रशोधनको १.८४ प्रतिशत बढेको छ । यसैगरी अन्यको २.५४ प्रतिशत, लघुवित्तको ०.८६ प्रतिशत, जीवन बीमा समूहको ०.८५ प्रतिशत र म्युचुअल फण्डको ०.०९ प्रतिशत परिसूचक बढेको छ ।

यसदिन श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्सको २.८२ प्रतिशत र नेपाल हाइड्रो डेभलोपरको शेयरमूल्य २.३० प्रतिशत घटेको छ । श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्सको प्रतिकित्ता रू. ७ ले घटेर अन्तिम मूल्य रू. २४१ र नेपाल हाइड्रो डेभलोपरको प्रतिकित्ता रू. ८ ले घटेर अन्तिम मूल्य रू. ३४० कायम भएको हो ।

उपत्यकामा जारी निषेधाज्ञाका कारण शेयर कारोबारका लागि अनलाईन कारोबार प्रणाली अनिवार्य गरिएको छ । बजार सम्बद्ध निकायहरुले अनलाईन कारोबार र रकम भुक्तानी गर्न नसक्ने लगानीकर्ताहरुलाई कारोबार नगर्नसमेत आग्रह गरेका छन् ।