१० भाद्र २०८३, बुधबार
,
Latest
कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न ,राज्य आफ्ना सम्पूर्ण साधन र स्रोतका साथ तपाईंहरूकै साथमा छ बाढी प्रभावितको उद्धार, उपचार र पुनःस्थापनाको पूर्ण जिम्मेवारी सरकारले लिन्छ: प्रधानमन्त्री शाह रसुवा बाढीः उद्धार तथा राहतको लागि रास्वपाले सरकारलाई ५० लाख आर्थिक सहयोग गर्ने बाढी जोखिमप्रति सतर्क रहन एनआरएनए पोर्चुगलको अपिल बाढीपहिरो प्रभावितको उद्धारमा जुट्न क्याप्टेन थापाको आह्वान पृथ्वी राजमार्गमा सवारी आवागमन पूर्णरुपमा बन्द बाढीपहिरोका कारण प्रतिनिधिसभा बैठक स्थगित रसुवा बाढीमा पूर्वराजा ज्ञानेन्द्रको चासो, बेपत्ताको खोजी र उद्धार तीव्र पार्न आग्रह भोटेकोशी बाढीः नेपाल र चीनबिच मौसमी विवरण आदानप्रदान गर्ने विषयमा सहकार्य गर्ने सहमति युएसएस अब्राहम लिङ्कन थाइल्यान्डतर्फ
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज वैशाख १७ गते शुक्रबार, कस्तो रहनेछ तपाईको आजको दिन ? हेर्नुहोस् आजको राशिफल



अ+ अ-

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ): आज शैक्षिक क्षेत्र कमजोर नै रहला । अनावश्यक खर्च हुने र मानसिक चिन्ता बढ्नेछ । बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पर्न सक्छ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ): आँटेको र ताकेको कार्य अघि बढ्नेछ । पारिवारिक सहयोग र सद्भाव बढ्नेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ): आज धर्म‚ कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । जोश जाँगर र हिम्मत बढ्ला । बन्धु बान्धवबाट सहयोग मिल्नेछ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते ): आज शुभ समाचार सुन्न पाइनेछ । मित्रबाट विशेष सहयोग मिल्नसक्छ । अप्ठ्यारो र जटिल ठानिएको कामसमेत सम्पादन हुनेछ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ): आज आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । स्वास्थ्यमा धन खर्च हुनेछ । शैक्षिक क्षेत्र पनि कमजोर रहने देखिन्छ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा ): आज धनार्जनका नयाँ योजना र स्रोतहरू पत्ता लाग्नेछन् । लामो समयदेखि अधुरा कार्यहरू पुरा हुन सक्छ, तर साँझमा धन खर्च भने रहला ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ): आज मनोरञ्जन पूर्ण दिन रहनेछ । रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ । आफ्नै दक्षतामा कार्यहरू सम्पन्न हुनेछन् ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ): आज स्थान परिवर्तनका विशेष योग देखिन्छन् । अरुको मन जित्न सकिनेछ । शुभ कार्यको चर्चा चल्नेछ र सन्तान सुख पनि मिल्नेछ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ): आज मन प्रसन्न रहने र स्वादिष्ट भोजन पाइनेछ । आम्दानी बढाउने योजना गर्न सकिनेछ । राजनैतिक कार्यमा बढी सफलता मिल्ला ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ): आज सामाजिक क्षेत्रमा हातहरू अघि बढ्नेछन् । आफन्तको सफलता र प्रगतिमा मन रमाउनेछ । पुनर्मिलनको योग पनि रहेको छ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ): आज धर्म कर्म र सामाजिक कार्यमा मन जानेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । प्राविधिक क्षेत्रका कार्यमा सफलता पाइनेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ): आज साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । धार्मिक कार्यमा मन जानेछ । नयाँ योजना बन्नेछ, तर स्वास्थ्य प्रति सजग रहनु पर्छ । हाम्रो पात्रो