३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रिमियर लिग: म्यान्चेस्टर युनाइटेडको पोस्टमा ब्राइटनको तीन गोल



अ+ अ-

इङलिस प्रिमियर लिग अन्तर्गत शनिबार भएको खेलमा म्यान्चेस्टर युनाइटेडलाई ब्राइटनले ३–१ गोल अन्तरले पराजित गरेको छ ।

म्यान्चेस्टरको गृह मैदान ओल्ड ट्राफोर्डमा भएको यस खेलमा ब्राइटनसामु म्यान्चेस्टर युनाइटेडको खेल फिक्का झैं देखिएको थियो । ब्राइटनका तर्फबाट म्यान्चेस्टरका पूर्व खेलाडी ड्यानी वेलबेकले खाता खोलेका थिए । उनले खेलको २० औं मिनेटमै गोल गरेका थिए ।

यसैगरी ५३औं मिनेटमा पास्कल ग्रोब तथा ७१ औं मिनेटमा जोआओ पेड्रोले गोल गरेर ब्राइटनको स्कोर ३–० को स्थितिमा ल्याएका थिए । तीन गोल हुनासाथ म्यान्चेस्टरका कैयन समर्थकहरुले मैदान छाडेका थिए ।

तर म्यान्चेस्टरका लागि एकमात्र सान्त्वना गोल ७३ औं मिनेटमा ह्यानिबल माज्रीले गरेका थिए । उनले डिबक्स बाहिरबाट गरेको प्रहार गोलमा परिणत भएको थियो ।

यो हारसँगै पाँच खेलबाट म्यान्चेस्टर युनाइटेड ६ अंकका साथ लिगको १२औं स्थानमा छ । यस सिजनमा राम्रो सुरुवात गरेको ब्राइटन भने ५ खेलबाट १२ अंक जोड्दै तेस्रो स्थानमा रहेको छ ।

पहिलो स्थानको म्यान्चेस्टर सिटी १५ अंक छ भने दोस्रो स्थानको लिभरपुलको १३ अंक छ ।

आज शनिबारका खेलका नतिजाहरु
१. म्यान्चेस्टर युनाइटेड र ब्राइटन (१–३)
२. लिभरपुल र उल्भ्स (३–१)
३. फुलह्याम र लुटोन (१–०)
४. शेफिल्ड युनाइटेड र टोटेनह्याम (१–२)
५. म्यान्चेस्टर सिटी र वेस्ट ह्याम (३–१)