२० मंसिर २०८२, शनिबार
,
Latest
महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज कालिमाटीमा तरकारी तथा फलफूलको भाउ कति छ ? (सूचीसहित)



अ+ अ-

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्यसूची सार्वजनिक गरेको छ ।

जस अनुसार भारतीय ठूलो गोलभेँडा प्रतिकेजी मूल्य ५५, टनेल गोलभेँडा सानो ९०, लोकल गोलभेँडा सानो ७५, भारतीय गोलभेँडा सानो ७५, घिउ सिमी लोकल ६५ ,घिउ सिमी(हाइब्रीड) ६६, काउली स्थानीय प्रतिकेजी ९५, आलु रातो ५६, मुडे आलु रातो ५१, भारतीय आलु रातो ३५, लौका ३५, हरियो फर्सी ४६, घिरौला ४६, चिचिण्डो ४६ र परबल ४५ रुपैँया कायम भई कारोबार भइरहेको छ ।

त्यसैगरी, बन्दा लोकल ७६, भन्टा लाम्चो ४३, भन्टा डल्लो ५६ ,तने बोडी ५५, भटमास कोसा १०६, टाटे सिमी ७५, तितो करेला ८५, मूला ११६, मूला सेतो लोकल ९६, गाजर १३६, भिण्डी ३६ स्कुस १७ मा कारोबार भईरहेको छ ।

ब्रोकाउली ३१०, डल्लेच्याउ ३५५, कन्य च्याउ २०४, कुरीलो ४८३, न्यूरो ९६, तोफु ११६ र तामा ९६, रायो साग ९५, तोरी साग ५६ तोकिएको छ ।

समितिका अनुसार प्याज सुकेको (भारतीय) प्रतिकिलो ६६, लसुन सुकेको चाइनिज २२८, लसुन सुकेको नेपाली २६६, काक्रो लोकल १३०, कागती २१०, अदुवा १७०, खु्र्सानी हरियो ७५ , अकबरे खुर्सानी २२५, माछे खुर्सानी ७६, हरियो धनिया १२५ रहेको छ ।

त्यसैगरी, स्याउ(फूजी) प्रतिकिलो ३३५, स्याउ (झोले) २६५, केरा (दर्जन) १५६, अनार ३७५, कालो अंगुर ४७५, तरबुजा ५६, भुई कटहर २१०, लोकल नासपाती ८६, चाइनिज नासपाती ३२५, अम्बा ११०, मेवा (भारतीय) ११०, किवि ४२५,आभोकाडो २५० तोकिएको समितिले जनाएको छ ।