१० भाद्र २०८३, बुधबार
,
Latest
कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न ,राज्य आफ्ना सम्पूर्ण साधन र स्रोतका साथ तपाईंहरूकै साथमा छ बाढी प्रभावितको उद्धार, उपचार र पुनःस्थापनाको पूर्ण जिम्मेवारी सरकारले लिन्छ: प्रधानमन्त्री शाह रसुवा बाढीः उद्धार तथा राहतको लागि रास्वपाले सरकारलाई ५० लाख आर्थिक सहयोग गर्ने बाढी जोखिमप्रति सतर्क रहन एनआरएनए पोर्चुगलको अपिल बाढीपहिरो प्रभावितको उद्धारमा जुट्न क्याप्टेन थापाको आह्वान पृथ्वी राजमार्गमा सवारी आवागमन पूर्णरुपमा बन्द बाढीपहिरोका कारण प्रतिनिधिसभा बैठक स्थगित रसुवा बाढीमा पूर्वराजा ज्ञानेन्द्रको चासो, बेपत्ताको खोजी र उद्धार तीव्र पार्न आग्रह भोटेकोशी बाढीः नेपाल र चीनबिच मौसमी विवरण आदानप्रदान गर्ने विषयमा सहकार्य गर्ने सहमति युएसएस अब्राहम लिङ्कन थाइल्यान्डतर्फ
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज वैशाख १९ गते आइतबार, कस्तो रहनेछ तपाईको आजको दिन ? हेर्नुहोस् राशिफल



अ+ अ-

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ): आज मनपर्ने खानाको परिकार खान पाइनेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ): महिला वर्ग बाट विशेष सहयोग मिल्नेछ । परिश्रम गर्दा धनार्जन हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । लाभदायक यात्रा पनि होला ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ): विद्या र बुद्धिको विकास हुनेछ । पारिवारिक जमघटमा सहभागी भइएला । प्रयत्न गरे फाइदा लिन सकिनेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते ): साथीभाइबाट बढी फाइदा लिने समय छ । नयाँ काम सुरु गर्ने समय छ । जोश जाँगर र उमंग बढ्ला । आर्थिक कारोबारमा सफलता पाइएला ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे :) आज शुभकार्यको चर्चा चल्नेछ । एकपछि अर्को अवसर र सफलताले मन प्रसन्न रहनेछ, तर व्यापार व्यवसायमा नोक्सानी हुनेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा ): आज घरपरिवार सँग रमाइलो तरिकाले समय बित्नेछ । मेहनतीहरूका लागि दिन फलदायी रहनेछ । उन्नति एवं प्रगतिको वातावरण बन्नेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ): आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । घरायसी कामधन्दाका लागि खट्नु पर्नेछ । स्वास्थ्य बिग्रने भएछ, सचेत रहनुहोला ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ): आज सेवामूलक कार्यबाट सफलता मिल्नेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउला । रोकिएको काम दोहोर्याएर गर्दा फाइदा हुनेछ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ): रचनात्मक काममा जुट्ने समय छ । विपरीत वर्ष प्रति आकर्षण बढ्नेछ । सामाजिक क्षेत्रको काम अघि बढ्नेछ र उपकारमा मन जानेछ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ): आज व्यापार र व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ): आज मानसिक चिन्तन बढ्ने र केही तनाव बढेको महसुस हुनेछ । नजिकका व्यक्तिबाट कार्यमा अवरोध हुने र मनमुटाव बढ्न सक्छ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ): आज आकस्मिक नयाँ कार्यको योजना बन्नेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । सन्तानबाट सुख पनि मिल्नेछ । हाम्रो पात्रो