७ पुष २०८२, सोमबार
,
Latest
ठूला आयोजनाले अझै गति लिन सकेनन् देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने विदेशमा रहेका नेपाली नागरिक र अन्तरजिल्ला मतदानको व्यवस्था गर्न चार वटा ऐन संशोधन हुँदै अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी मनाइयो ७०औँ बार स्थापना दिवस हायु हत्या प्रकरणः दुई जनाको हत्या भएको पुष्टि, दुई जना पक्राउ प्रतिनिधिसभा निर्वाचनबारे निर्वाचन आयोगसहित दल र नागरिक प्रतिनिधिसँग छलफलमा सरकार म्याग्दीमा ‘कालाहारी बोयर’ जातको बाख्रा भित्रियो नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो साइकल चढनेहरू दिनप्रतिदिन घट्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

संवैधानिक इजलासमार्फत सदरमुकाम रुकुमकोट कायम



अ+ अ-

रुकुम । रुकुम पूर्वको सदरमुकाम रुकुमकोट कायम भएको छ । आज बसेको सर्वोच्च अदालतको संवैधानिक इजलासले रुकुमकोटमै जिल्ला सदरमुकाम कायम गरेको हो ।

प्रधानान्यायधिश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीश ईश्वरीप्रशाद खतिवडा, डा आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमानसिंह रावतको इजलासले जिल्ला सदरमुकाम रुकुमकोट कायम गरेको हो । विसं २०७४ माघ ११ गते तत्कालीन शेरबहादुर देउवा सरकारले रुकुम पूर्वको सदरमुकाम पुथा उत्तरगङ्गा–१२ गोलखाडामा तोक्ने निर्णय गरेको थियो ।

सरकारको निर्णयविरुद्ध २०७४ माघ १७ मा अधिवक्ता गणेश हमाललगायतले सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको हो । उक्त मुद्दाको संवैधानिक इजलासबाट सुनाइ गर्दै रिट आदेश भएको हो ।

रुकुम पूर्व छ वर्षदेखि सदरमुकामको विषयमा टुङ्गो नलाग्दा सरकारी कार्यालय निर्माणदेखि अन्य काममा अन्यौता भएको थियो । आज संवैधानिक इजलासबाट रिट आदेश आएसँगै जिल्ला सदरमुकामको विवाद टुङ्गो लागेको हो ।रासस