२० भाद्र २०८३, शनिबार
,
Latest
प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी संकलन ‘रसुवा बाढीपछि नुवाकोटका चार बस्ती जोखिममा’ स्कुटर र मिनी ट्रक ठोक्किँदा एक जनाको मृत्यु ग्यासको ढुवानी खर्च वृद्धिको वैज्ञानिक आधारमाथि सांसद भण्डारीको प्रश्नः व्यवसायीलाई अनुचित लाभ दिएको आरोप पेट्रोलियम पदार्थको मूल्यवृद्धिप्रति सांसद कार्कीको आपत्तिः २५ लाख सहयोग देखाएर ११ करोड असुल्नु न्यायोचित भएन बाढी प्रभावित क्षेत्रमा डिएनए नमूना संकलन केन्द्र सञ्चालन अमेरिकामा दादुराको प्रकोप तीव्र, सङ्क्रमितको सङ्ख्या ३ हजार पार पहिरोले कर्णाली करिडोर अवरुद्ध मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि सहकार्य आवश्यकः प्रधानमन्त्री भोटेकोशी बाढीमा परेर भारतीय मूलका चार अष्ट्रेलियन नागरिक सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

संवैधानिक इजलासमार्फत सदरमुकाम रुकुमकोट कायम



अ+ अ-

रुकुम । रुकुम पूर्वको सदरमुकाम रुकुमकोट कायम भएको छ । आज बसेको सर्वोच्च अदालतको संवैधानिक इजलासले रुकुमकोटमै जिल्ला सदरमुकाम कायम गरेको हो ।

प्रधानान्यायधिश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीश ईश्वरीप्रशाद खतिवडा, डा आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमानसिंह रावतको इजलासले जिल्ला सदरमुकाम रुकुमकोट कायम गरेको हो । विसं २०७४ माघ ११ गते तत्कालीन शेरबहादुर देउवा सरकारले रुकुम पूर्वको सदरमुकाम पुथा उत्तरगङ्गा–१२ गोलखाडामा तोक्ने निर्णय गरेको थियो ।

सरकारको निर्णयविरुद्ध २०७४ माघ १७ मा अधिवक्ता गणेश हमाललगायतले सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको हो । उक्त मुद्दाको संवैधानिक इजलासबाट सुनाइ गर्दै रिट आदेश भएको हो ।

रुकुम पूर्व छ वर्षदेखि सदरमुकामको विषयमा टुङ्गो नलाग्दा सरकारी कार्यालय निर्माणदेखि अन्य काममा अन्यौता भएको थियो । आज संवैधानिक इजलासबाट रिट आदेश आएसँगै जिल्ला सदरमुकामको विवाद टुङ्गो लागेको हो ।रासस