२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकार र नियमनकारी निकायले जनताको आत्मबल बढाउने नीति ल्याउनुपर्छः अध्यक्ष ढकाल



अ+ अ-

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले सर्वसाधरणको मनोबल बढाउने नीति ल्याए अर्थतन्त्रको समस्या कम हुनसक्ने बताउनुभएको छ ।

बुधवार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले सरकार र नियमनकारी निकायहरुले उद्योगी व्यवसायी र जनतालाई आत्मविश्वास बढाउने नीति ल्याएर अर्थतन्त्रका वर्तमान समस्या समाधान उन्मुख हुने बताउनुभएको हो । उहाँले पछिल्लो समय सरकार नियमकारी निकायहरुले निजी क्षेत्रले उठाउँदै आएका समस्या र मागका विषयमा बेवास्था गर्दा अर्थतन्त्रमा समस्या देखिएको बताउनु भयो ।

अध्यक्ष ढकालले सरकारले उद्योगी व्यवसायी र जनतालाई सकारात्मक बनाउने गरी नीति नल्याएसम्म अर्थतन्त्रमा समस्या समाधान हुन नसक्ने दाबी गर्नुभयो । उहाँले नियमनकारी निकाय राष्ट्र बैंकले मौद्रिक नीति र सरकारले बजेटमा निजी क्षेत्रको माग सम्बोधन गर्न नसक्दा अर्थतन्त्रमा प्रभाव परेको धारणा राख्नुभयो । उहाँले निजी क्षेत्रका तीन वटा संस्थाहरुले सरकारले ल्याउने बजेट र मौद्रिक नीतिमा एउटै स्वरमा सुझावहरु दिँदा समेत कार्यान्वयनमा आउन नसक्नु भनेको सरकारको निजी क्षेत्रलाई हेर्नु दृष्टिकोण सकारत्मक नहुनु भएको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘निजी क्षेत्रका तीन वटा संस्थाहरुले सरकारले ल्याउने बजेट र मौद्रिक नीतिमा एउटा भ्वाइसमा सुझावहरु दियौं । त्यो सुझावहरु कार्यान्वयन हुन सकेन । निजी क्षेत्रको समस्याका विषयमा सरकार र नियमनकारी निकायहरुले बेवास्था गर्दा अर्थतन्त्रमा असजिलो आएको छ । तर पछिल्लो समय धेरै आशाको किरणहरु देखिएको छ । रेमिट्यान्स निरन्तर रुपमा वृद्धि भएको छ ।

पर्यटन आगमनमा पनि वृद्धि भएको छ । बैंकहरुमा तरलता बढ्दै गएको छ । देशमा अब केबल सरकार र नियमनकारी निकायहरुको तर्फबाट सर्वसाधरणको मनोबल बढाउने नियमनकारी निकायहरुले सिस्टमलाई नबिगारी उद्योगी व्यवसायीहरु र जनताको आत्मवल बढ्ने नीति अपनाउनुपर्ने खाँचो छ ।’

उहाँले पछिल्लो समय अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखिएको बताउनु भयो । उहाँले रेमिट्यान्स,पर्यटन आगमन र बैंकिङ तरलतामा सहजता आएको बताउनु भयो । उहाँले अर्थतन्त्रका आयामहरुमा सकारात्मक संकेत देखिएको भन्दै सरकारले सबैको मनोबल उच्च बनाउने गरी नीतिहरु ल्याउन आवश्यक रहेको बताउनु भयो ।