३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिबिया बाढीमा ज्यान गुमाउनेको संख्या पाँच हजार नाघ्यो



अ+ अ-

एजेन्सी । पूर्वी लिबियामा आएको बाढीमा परी मृत्यु हुनेको संख्या पाँच हजार नाघेको छ ।

लिबियाका अधिकारीहरूका अनुसार १५ हजारभन्दा बढी मानिस बेपत्ता छन् । सात सय शव मात्रै पहिचान भएका छन् ।

ड्यानियल आँधीका कारण भएको मुसलधारे वर्षासँगै अचानक बाढी आएपछि दुई वटा नदीका बाँध भत्किएर यसबाट सिंगो सहर ध्वस्त भएको छ ।

उद्धार कार्यमा संलग्न १२३ सैनिकको अवस्था थाहा लागेको छैन । यही कारण अहिले सेना पनि असहाय देखिन्छ । देशका छनोट गरिएका विमानस्थलहरू त्यहाँ कुनै भारी वा कार्गो विमान अवतरणका लागि उपयुक्त छैनन् । यही कारणले गर्दा यहाँ सहयोग उपलब्ध गराउन कठिन भइरहेको छ ।

मृतकको सङ्ख्या अझ बढ्न सक्ने बताइएको छ ।