• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo

एमालेद्वारा नेम्वाङको निधनप्रति विशेष शोक प्रस्ताव पारित



काठमाडौँ । नेकपा (एमाले) केन्द्रीय सचिवालयको आज आकस्मिक बैठक बसी पार्टी उपाध्यक्ष सुवास नेम्वाङको अप्रत्याशित निधनप्रति विशेष शोक प्रस्ताव पारित गरेको छ ।

पार्टी सचिव योगेश भट्टराईका अनुसार बैठकमा नेम्वाङको सम्मानमा एक मिनेट मौन धारण गरिएको थियो भने पार्टीका केन्द्रीय, प्रदेश र जिल्ला कार्यालयमा तीन दिन शोक पुस्तिका राख्ने निर्णय भएको छ । साथै बैठकले पार्टीको झण्डा आधा झुकाउने, नेम्वाङको निर्वाचन क्षेत्रमा स्थानीय तहसम्म तीन दिनसम्म पार्टी र सम्बद्ध जनसंगठनका सबै कार्यक्रम स्थगित गर्ने पनि निर्णय भएको छ ।

पार्टीले असोज २ गते केन्द्र र प्रदेशमा श्रद्धाञ्जली सभा आयोजना गर्ने भएको छ ।