५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेद्वारा नेम्वाङको निधनप्रति विशेष शोक प्रस्ताव पारित



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) केन्द्रीय सचिवालयको आज आकस्मिक बैठक बसी पार्टी उपाध्यक्ष सुवास नेम्वाङको अप्रत्याशित निधनप्रति विशेष शोक प्रस्ताव पारित गरेको छ ।

पार्टी सचिव योगेश भट्टराईका अनुसार बैठकमा नेम्वाङको सम्मानमा एक मिनेट मौन धारण गरिएको थियो भने पार्टीका केन्द्रीय, प्रदेश र जिल्ला कार्यालयमा तीन दिन शोक पुस्तिका राख्ने निर्णय भएको छ । साथै बैठकले पार्टीको झण्डा आधा झुकाउने, नेम्वाङको निर्वाचन क्षेत्रमा स्थानीय तहसम्म तीन दिनसम्म पार्टी र सम्बद्ध जनसंगठनका सबै कार्यक्रम स्थगित गर्ने पनि निर्णय भएको छ ।

पार्टीले असोज २ गते केन्द्र र प्रदेशमा श्रद्धाञ्जली सभा आयोजना गर्ने भएको छ ।