९ श्रावण २०८३, शनिबार
,
Latest
त्रिशूली नदीमा खस्यो भ्यान सम्यक दानको स्मरण गराउन गुरु पूर्णिमाका दिन पञ्चदान तथा दिपंकर तथागत वुद्धको शोभायात्रा हुने सिरिया बस दुर्घटना : ३५ जनाको मृत्यु, ३० व्यक्ति घाइते शिक्षा सचिव पौडेलद्वारा डा केसीसँग अनौपचारिक संवाद अनलाइन ठगीमा संलग्न भारतीय नागरिकसहित दुई जना पक्राउ यमन द्वन्द्वको ‘कुनै सैन्य समाधान छैन’ : इरानी विदेशमन्त्री डढेलोबाट ‘ज्यान बचाउनु’ सरकारको प्राथमिकताः प्रधानमन्त्री सान्चेज आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘म पैसालाई दिमागमा राखेर फिल्म खेल्दिनँ’



अ+ अ-

एजेन्सी । गदर–२ को ब्लकबस्टरपछि बलिउड अभिनेता सनी देओलले आफ्नो पारिश्रमिक वृद्धिको कुरा गरेका छन् । सनीले भने कि, कति पारिश्रमिक लिने भन्ने निर्णय निर्माताले गर्ने हो । सन्नीले गदर–२ को लागि ५० करोड पारिश्रमिक नपाएको बताए ।

सनीका अनुसार उनले कहिले पनि पैसालाई प्राथमिकतामा राखेर फिल्म गर्दैनन् । उनी निर्मातालाई बोझ बन्न चाहँदैनन् ।

सनी देओल हालै रजत शर्माको शो ‘आप की अदालत’ पुगेका थिए । गदर–२ ले ५ सय करोडभन्दा बढी कमाएको छ । यस्तो अवस्थामा के उसले ५० करोड रुपैयाँ शुल्क तिर्नुपर्छ ? जवाफमा सनीले भने – पैसा कति दिनुपर्छ भन्ने निर्णय निर्माताले गर्छ । आफूले कमाएको अनुसार उनीहरुले पारिक्षमिक दिन्छन् ।

‘मलाई निर्माताले जति रकम दिन्छन् त्यसमा मलाई कुनै समस्या छैन । म पैसाको हिसाबले कुनै पनि निर्माता वा परियोजनामाथि बोझ बन्न चाहन्न ।’ सनीले भने ।