२४ मंसिर २०८२, बुधबार
,
Latest
एमालेको महाधिवेशनको उद्घाटन सत्रमा निम्तो दिन नेताहरू घरदैलोमा नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा तीन हजार २९१ जना खेलाडीहरूले प्रतिस्पर्धा गर्ने बोलेरो दुर्घटना हुँदा ११ जना घाइते मन्त्री सिन्हाद्वारा मानव अधिकारको संरक्षणका लागि सरकारलाई सहयोग गर्न आग्रह कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिको संयोजकमा सहमहामन्त्री यादव युवा राम्रो राजनीतिज्ञ बनुन् र देश चलाउन् भन्ने इच्छा छ : प्रधानमन्त्री कार्की स्वास्थ्यमा पहुँच बढाउन बीमा कार्यक्रम प्रभावकारी कार्यान्वयन सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डका विजेतालाई सम्मान महिला आयोगमा घरेलु हिंसाका घटना दर्ता बढी
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘म पैसालाई दिमागमा राखेर फिल्म खेल्दिनँ’



अ+ अ-

एजेन्सी । गदर–२ को ब्लकबस्टरपछि बलिउड अभिनेता सनी देओलले आफ्नो पारिश्रमिक वृद्धिको कुरा गरेका छन् । सनीले भने कि, कति पारिश्रमिक लिने भन्ने निर्णय निर्माताले गर्ने हो । सन्नीले गदर–२ को लागि ५० करोड पारिश्रमिक नपाएको बताए ।

सनीका अनुसार उनले कहिले पनि पैसालाई प्राथमिकतामा राखेर फिल्म गर्दैनन् । उनी निर्मातालाई बोझ बन्न चाहँदैनन् ।

सनी देओल हालै रजत शर्माको शो ‘आप की अदालत’ पुगेका थिए । गदर–२ ले ५ सय करोडभन्दा बढी कमाएको छ । यस्तो अवस्थामा के उसले ५० करोड रुपैयाँ शुल्क तिर्नुपर्छ ? जवाफमा सनीले भने – पैसा कति दिनुपर्छ भन्ने निर्णय निर्माताले गर्छ । आफूले कमाएको अनुसार उनीहरुले पारिक्षमिक दिन्छन् ।

‘मलाई निर्माताले जति रकम दिन्छन् त्यसमा मलाई कुनै समस्या छैन । म पैसाको हिसाबले कुनै पनि निर्माता वा परियोजनामाथि बोझ बन्न चाहन्न ।’ सनीले भने ।