२ भाद्र २०८३, मंगलवार
,
Latest
नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो संविधान संशोधनमा सरकार गम्भीर नभएको कांग्रेसको आरोप काँग्रेसको १५ औँ महाधिवेशन असोज १६–१९ मा गर्ने निर्णय यथावत, तल्लो तहको अधिवेशन आवश्यकताका आधारमा… बागमती प्रदेशमा किरण थापालाई मुख्यमन्त्री बनाउने सहमति बेवारिसे शवका लागि छुट्याइएको १५ करोड बजेटबारे सांसद तामाङको प्रश्न प्रधानमन्त्री शाहसँग भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठको शिष्टाचार भेट साउनमा श्रमिकलाई १ करोड ४० लाख रुपैयाँभन्दा बढी पारिश्रमिक भुक्तानी राहदानी विधेयकमाथि सांसदहरूको संशोधन प्रश्तावः कुटनीतिक राहदानीको दुरुपयोग रोक्न र लैङ्गिक विभेद हटाउन माग किसानलाई २५ दिनभित्र दुधको भुक्तानी दिने व्यवस्था गर्दैछौँः कृषिमन्त्री चौधरी भारतीय स्थलसेना प्रमुख जनरल सेठ प्रधानमन्त्री बालेनलाई भेट्न सिंहदरबार पुगे
तपाईं के खोज्दै हुनुहुन्छ ?

इसेवा एकाउन्टमा बैंक खाता सिधै लिंक गर्न सकिने, रकम लोड गर्न झनै सहज



अ+ अ-

काठमाडौं । इसेवा एकाउन्टबाट सिधै बैंक खातामा लिंक गर्न सक्ने भएको छ । साथै आफुले चाहेको बैंक खातामा इसेवा खाता लिंक गरी अझ सजिलो ढंगले इसेवा खातामा रकम लोड गर्न सकिने भएको छ ।

अब इसेवा एकाउन्टलाई बैंक एकाउन्टमा लिंक गरिसकेपछि प्रयोगकर्ताले मोबाईल बैंकिङ मार्फत अझ सहज ढंगले इसेवामा रकम लोड गर्न सक्नेछन् । आफ्ना प्रयोगकर्तालाई रकम लोड गर्न अझ सहज होस् भन्ने उदेश्यले एकाउन्ट लिंक गर्न सकिने सुविधा ल्याएको इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले बताउनुभयो । उहाँले भन्नुभयो ‘ इसेवा जहिले पनि आफ्ना प्रयोगकर्तालाई नविनतम सेवा दिनका लागि अग्रसर छ । नयाँ सेवाका साथै प्रयोगकर्तालाई रकम लोड गर्नका लागि अझ सहज होस् भन्ने कुरालाई ध्यानमा राख्दै यो सेवाको सुरूवात गरेका हौँ’ । 

एकाउन्ट लिंक सेवा प्रयोग गर्नका लागि इसेवा प्रयोगकर्ताको इसेवा एकाउन्ट प्रमाणित (ख्भचषष्भम) भएको हुनुपर्नेछ । साथै  यो सेवा लिनका लागि इसेवा प्रयोगकर्तासँग एकाउन्ट लिंक गर्ने बैंकको मोबाईल बैंकिङ लिएको हुनुपर्नेछ भने इसेवामा भएको मोबाईल नम्बर र बैंकमा रहेको मोबाईल नम्बर पनि एउटै हुनुपर्नेछ । यदि इसेवामा रहेको नम्बर र बैंकमा रहेको  मोबाईल नम्बर एउटै नभएको अवस्थामा बैंकमा भएको मोबाईल नम्बरलाई इसेवा एकाउन्टमा सेकेण्डरी आइडीका रुपमा राख्न सकिनेछ । 

बैंक खातामा इसेवा लिंक गर्नका लागि सर्वप्रथम इसेवाको होमपेजमा भएको लोड मनि भन्ने अप्सनमा जानुपर्नेछ ।  यहाँ लिंक एकाउन्टमा क्लिक गरी आफ्नो खाता भएको बैंक छानी आफ्नो बैंक खाता नम्बर राख्नुपर्नेछ र प्रोसेसमा क्लिक गर्नुपर्नेछ । त्यसपछि मोबाईल बैंकिङ पोर्टल खुल्नेछ । यहाँ आफ्नो मोबाईल नम्बर र पासवर्ड राखि क्लिक गर्नुपर्नेछ । त्यसपछि मोबाईलमा प्राप्त भएको ओटिपी पासवर्ड राखि पे मा क्लिक गरेमा बैंक खाता इसेवामा लिंक हुनेछ । 

बैंक खाता लिंक गरेपछि इसेवा खातामा रकम लोड गर्नका लागि इसेवा खाता लगइन गरी लोड मनि अप्सनमा गइ आफुले लिंक गर्नुभएको बैंक एकाउन्टमा क्लिक गर्नुपर्नेछ । त्यसपछि इसेवामा राख्ने रकम र अन्य विवरण भरी सहजै रकम लोड गर्न सकिनेछ । 

हाल २० वटा बैंक तथा वित्तीय संस्थाका बैंक खातामा इसेवा एकाउन्ट लिंक गर्न सकिनेछ । निकट भविष्यमै अन्य सदस्य बैंकका खातामा समेत लिंक गर्न सकिनेछ । 
इसेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, सेयर कारोबारको भुक्तानी गर्न सकिनुका साथै मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुलकलेजको लगायतका शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ५० वटा बैंक तथावित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकमजम्मागर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।