• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   न्याय सम्पादनमा राजनीतिक स्वार्थ देखिनहुन्नः मुख्यमन्त्री कार्की ★   धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द नगर्न सर्वोच्चको आदेश ★   फुस्रेखोला देउराली सडकमा सात वर्षमा तोकिएको मध्ये आधा काम ★   ‘क्रान्तिदेखि शान्तिसम्म’ फोटो हेर्न ओली सानेपामा- फोटो फिचर ★   कोशी प्रदेश: छ वर्षमा साढे चार हजार किलोमिटर सडक निर्माण ★   फोटो हेर्न कांग्रेस कार्यालयमा प्रधानमन्त्री दाहाल- फोटो फिचर ★   युरो कपको क्वाटरफाइनलमा फ्रान्स र पोर्चुगल भिड्ने ★   प्रश्तावित निर्वाचन आयुक्त प्रधानको संसदीय सुनुवाई २० र २१ गते हुने ★   शिक्षण पेसा छाडेर बाख्रापालनमा रमाइरहेका राई ★   अविरल वर्षाले जलमग्न बन्यो जनकपुरधाम

जापानसँग घरेलु मैदानमै ४–१ गोलले स्तब्ध बन्यो जर्मनी



एजेन्सी । मैत्रीपूर्ण फुटबलमा जर्मनीले लज्जास्पद हार ब्यहोरेको छ । गएराति भएको खेलमा जर्मनी जापानसँग घरेलु मैदानमै ४–१ गोलले पराजित भएको हो ।

वुल्फ्सवर्गस्थित भोल्क्सवागेन मैदानमा भएको खेलको ११ औं मिनेटमा जुन्या इटोले गोल गर्दै जापानलाई सुरुवाती अग्रता दिलाएका थिए । १९ औं मिनेटमा लेरोइ सानेले गोल गर्दै जर्मनीलाई १–१ को बराबरीमा ल्याए ।

यता, २२ औं मिनेटमा आयासी उएडाले गोल गर्दै जापानलाई २–१ को अग्रता दिलाए । त्यसपछि अन्तिम दुई मिनेटमा जर्मनीले दुई गोल खान पुग्यो ।

जापानका टाकुमा असानोले ९० औं तथा आओ तनकाले ९०+२ मिनेटमा गोल थपेपछि जर्मनी ४–१ गोलले स्तब्ध बन्यो ।