• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo

जापानसँग घरेलु मैदानमै ४–१ गोलले स्तब्ध बन्यो जर्मनी



एजेन्सी । मैत्रीपूर्ण फुटबलमा जर्मनीले लज्जास्पद हार ब्यहोरेको छ । गएराति भएको खेलमा जर्मनी जापानसँग घरेलु मैदानमै ४–१ गोलले पराजित भएको हो ।

वुल्फ्सवर्गस्थित भोल्क्सवागेन मैदानमा भएको खेलको ११ औं मिनेटमा जुन्या इटोले गोल गर्दै जापानलाई सुरुवाती अग्रता दिलाएका थिए । १९ औं मिनेटमा लेरोइ सानेले गोल गर्दै जर्मनीलाई १–१ को बराबरीमा ल्याए ।

यता, २२ औं मिनेटमा आयासी उएडाले गोल गर्दै जापानलाई २–१ को अग्रता दिलाए । त्यसपछि अन्तिम दुई मिनेटमा जर्मनीले दुई गोल खान पुग्यो ।

जापानका टाकुमा असानोले ९० औं तथा आओ तनकाले ९०+२ मिनेटमा गोल थपेपछि जर्मनी ४–१ गोलले स्तब्ध बन्यो ।