• २० असार २०८१, बिहीबार
  •      Thu Jul 4 2024
  •   Unicode
Logo

देउवाले बोलाए कार्यसम्पादन समितिको बैठक



फाईल फोटो

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने भएको छ ।

भोलि बुधबार ९ बजे बस्ने गरी सभापति शेरबहादुर देउवाले निजी निवास, बुढानीलकण्ठमा बैठक बोलाएका हुन् ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

कांग्रेसले एमालेसँग मिलेर सरकार बनाउने सहमति गरेको छ । भोलि बस्ने यो बैठकले एमालेसँगको सहमति अनुमोदन गर्ने बुझिएको छ ।