• २० असार २०८१, बिहीबार
  •      Thu Jul 4 2024
  •   Unicode
Logo

राष्ट्रपति भेट्न शीतल निवास जाँदै प्रधानमन्त्री



फाईल फोटो

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास जानुहुने भएको छ ।

विकसित राजनीतिक घटनाक्रमबारे छलफलका लागि प्रधानमन्त्री प्रचण्ड राष्ट्रपति पौडेललाई भेट्न जान लाग्नुभएको हो ।

आजै बिहान नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक बसेको थियो। उक्त बैठकपछि प्रधानमन्त्री प्रचण्ड शीतल निवास जान लाग्नुभएको हो ।

बैठकले प्रधानमन्त्रीले राजीनामा नदिएर संसदको सामना गर्ने निर्णय गरेको छ । नेकपा एमाले र नेपाली कांग्रेसबीच नयाँ सरकार बनाउने सहमति भएको छ ।