• २९ असार २०८१, शनिबार
  •      Sat Jul 13 2024
  •   Unicode
Logo

‘क्रान्तिदेखि शान्तिसम्म’ फोटो हेर्न ओली सानेपामा- फोटो फिचर



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको जन्मजयन्तीका अवसरमा आयोजित फोटो प्रदर्शनीको अबलोकन गर्नुभएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा ‘क्रान्तिदेखि शान्तिसम्म, ऐतिहासिक फोटो प्रदर्शनी’को अबलोकन गर्न ओली पुग्नु भएको छ । प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माका अनुसार गणतन्त्र स्थापनाका लागि गिरिजाबाबुले दिएको अथक योगदान र सङ्घर्षलाई फोटो प्रदर्शनीमार्फत देखाउन खोजिएको जानकारी दिनुभयो ।

प्रदर्शनीको कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले शुभारम्भ गर्नुभयो ।