• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   देउवा–ओली भेट हुनासाथ सत्ता समिकरण उलटफेर हुँदैन: सांसद सापकोटा ★   ब्रेक सु र इलेक्ट्रोनिक सामानमा लुकाएर ३२ क्विन्टल सुन तस्करी ★   ओलीलाई प्रधानमन्त्री बन्न कांग्रेसको प्रस्ताव ! ★   नक्कली सुनको मुर्ति देखाई ठगी गरेको आरोपमा भारतीय नागरिकसहित पाँच जना पक्राउ ★   काँग्रेस एमालेका शिर्ष नेताहरुबीच भएको संवादबाट कोही चिन्तित हुनुपर्दैन: सांसद गिरी ★   सुन्दरीजल क्षेत्रमा हिउँदमा खानेपानी अभाव, वर्षामा धमिलो पानी ★   संसदको आकस्मिक समय: बलात्कार घटनाको अपराधीलाई कारबाही गर्न माग ★   युवा–विद्यार्थी स्वदेशमै बस्ने वातावरण निर्माणका लागि विश्वविद्यालयको अग्रसरता अपरिहार्य छ : प्रधानमन्त्री ★   बिहीबारसम्म मनसुन थप सक्रिय हुने ★   बर्खासँगै बढ्न थाले सर्पदंशका बिरामी

पानी पर्ने डरले भारत र पाकिस्तानबीचको खेलमा नियम परिवर्तन



एजेन्सी । एसियाली क्रिकेट काउन्सिल (एसीसी) ले सेप्टेम्बर १० मा भारत र पाकिस्तानबीच हुने एसिया कपको सुपर–४ खेलको नियम परिवर्तन गरेको छ ।

आइतबारको खेल वर्षाले रोकिएमा खेल रिजर्भ डेमा सम्पन्न हुनेछ । यसअघि एसिया कपमा सबै नियममा रिजर्भ डे थिएन । एसीसीले शुक्रबार (सेप्टेम्बर ८) मा दुई टोलीबीच हुने खेलका लागि यो नियम थप गरेको हो ।

जारी एसिया कप क्रिकेटमा भारत र पाकिस्तानबीचको दोस्रो खेल आइतबार हुँदैछ । दुई टोलीबीच समूह चरणमा सेप्टेम्बर २ मा खेलिएको थियो तर वर्षाका कारण खेल रद्द हुन पुग्यो । भारत–पाकिस्तान खेल सुपर–४ को एक मात्र खेल हो जसका लागि रिजर्भ डे राखिएको छ । यो सुविधा अन्य कुनै पनि सुपर–४ खेलका लागि उपलब्ध हुने छैन । यसबाहेक १७ सेप्टेम्बरमा हुने फाइनलका लागि रिजर्भ डे छ ।

भारत र पाकिस्तानबीचको यो खेल श्रीलंकाको राजधानी कोलम्बोको आर प्रेमदासा स्टेडियममा हुनेछ । कोलम्बोमा पछिल्ला केही दिनदेखि लगातार वर्षा भइरहेको छ । लगातार वर्षाका कारण खेलको आयोजना फिर्ता लिने कुरा समेत उठेको थियो । खेलहरू हम्बनटोटा वा डम्बुलामा सारिने विश्वास थियो, तर त्यसो भएन । अब एसिया कपका बाँकी सबै खेल यहाँ खेलिनेछन् ।

एक्यूवेदर वेबसाइटका अनुसार खेलको दिन वर्षा हुने सम्भावना ९० प्रतिशत छ । राति मेघ गर्जनसहित पानी पर्ने सम्भावना छ । दिनको तुलनामा राति पानी पर्ने सम्भावना छ । यसको सम्भावना ९६ प्रतिशतसम्म छ । राति बादल लाग्ने सम्भावना ९८ प्रतिशत छ । वेदरडटकमले पनि ९० प्रतिशत पानी पर्ने सम्भावना दिएको छ ।

कोलम्बोमा हुने भारत र पाकिस्तानबीचको खेल रद्द भएमा खेल रिजर्भ डेमा खेलाइनेछ । रिजर्भ डेमा पनि नतिजा नआएमा दुवै टोलीले एक–एक अंकमा चित्त बुझाउनुपर्नेछ ।