• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   नौ महिनाभित्र वास्तविक किसान पहिचान गर्छौं : कृषि मन्त्री साह ★   पचास प्रतिशत रोपाइँ मनसुनी वर्षाकै भरमा ★   बागलुङमा पहिरोले घर पुरिँदा दम्पतीको मृत्यु, बुहारी र नाती घाइते ★   दही चिउराको सांस्कृतिक पर्व मनाइँदै ★   धान उत्पादन बढाउन आवश्यक छः राष्ट्रपति ★   वेदविद्याश्रमका विद्यार्थी उत्कृष्ट नतिजासहित एसईई उत्तीर्ण ★   रुसी सेनामा थप १० नेपालीको मृत्यु, अहिलेसम्म ३५ को ज्यान गयो ★   दुई ‘चोकर्स’को फाइनल भिडन्त, भारत एक दशक र दक्षिण अफ्रिकालाई ३२ वर्षपछिको प्रतिक्षा ★   रोपाइँ महोत्सव पहिलो पटक काठमाडौंबाहिर चितवनमा ★   कोलम्बिया कोपा अमेरिकाको क्वाटरफाइनलमा

पानी पर्ने डरले भारत र पाकिस्तानबीचको खेलमा नियम परिवर्तन



एजेन्सी । एसियाली क्रिकेट काउन्सिल (एसीसी) ले सेप्टेम्बर १० मा भारत र पाकिस्तानबीच हुने एसिया कपको सुपर–४ खेलको नियम परिवर्तन गरेको छ ।

आइतबारको खेल वर्षाले रोकिएमा खेल रिजर्भ डेमा सम्पन्न हुनेछ । यसअघि एसिया कपमा सबै नियममा रिजर्भ डे थिएन । एसीसीले शुक्रबार (सेप्टेम्बर ८) मा दुई टोलीबीच हुने खेलका लागि यो नियम थप गरेको हो ।

जारी एसिया कप क्रिकेटमा भारत र पाकिस्तानबीचको दोस्रो खेल आइतबार हुँदैछ । दुई टोलीबीच समूह चरणमा सेप्टेम्बर २ मा खेलिएको थियो तर वर्षाका कारण खेल रद्द हुन पुग्यो । भारत–पाकिस्तान खेल सुपर–४ को एक मात्र खेल हो जसका लागि रिजर्भ डे राखिएको छ । यो सुविधा अन्य कुनै पनि सुपर–४ खेलका लागि उपलब्ध हुने छैन । यसबाहेक १७ सेप्टेम्बरमा हुने फाइनलका लागि रिजर्भ डे छ ।

भारत र पाकिस्तानबीचको यो खेल श्रीलंकाको राजधानी कोलम्बोको आर प्रेमदासा स्टेडियममा हुनेछ । कोलम्बोमा पछिल्ला केही दिनदेखि लगातार वर्षा भइरहेको छ । लगातार वर्षाका कारण खेलको आयोजना फिर्ता लिने कुरा समेत उठेको थियो । खेलहरू हम्बनटोटा वा डम्बुलामा सारिने विश्वास थियो, तर त्यसो भएन । अब एसिया कपका बाँकी सबै खेल यहाँ खेलिनेछन् ।

एक्यूवेदर वेबसाइटका अनुसार खेलको दिन वर्षा हुने सम्भावना ९० प्रतिशत छ । राति मेघ गर्जनसहित पानी पर्ने सम्भावना छ । दिनको तुलनामा राति पानी पर्ने सम्भावना छ । यसको सम्भावना ९६ प्रतिशतसम्म छ । राति बादल लाग्ने सम्भावना ९८ प्रतिशत छ । वेदरडटकमले पनि ९० प्रतिशत पानी पर्ने सम्भावना दिएको छ ।

कोलम्बोमा हुने भारत र पाकिस्तानबीचको खेल रद्द भएमा खेल रिजर्भ डेमा खेलाइनेछ । रिजर्भ डेमा पनि नतिजा नआएमा दुवै टोलीले एक–एक अंकमा चित्त बुझाउनुपर्नेछ ।