१ आश्विन २०८३, बिहीबार
,
Latest
विश्वकर्मा पूजा, वास्तु दिवस मनाइँदै विश्वकर्मा पूजा, वास्तु दिवस मनाइँदै प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची बेनी–जोमसोम सडक : पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नति तीब्र बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर कृष्णभीरको सडक खुल्यो, बिहान ६ बजेदेखि दुईतर्फी सवारी चल्ने राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पानी पर्ने डरले भारत र पाकिस्तानबीचको खेलमा नियम परिवर्तन



अ+ अ-

एजेन्सी । एसियाली क्रिकेट काउन्सिल (एसीसी) ले सेप्टेम्बर १० मा भारत र पाकिस्तानबीच हुने एसिया कपको सुपर–४ खेलको नियम परिवर्तन गरेको छ ।

आइतबारको खेल वर्षाले रोकिएमा खेल रिजर्भ डेमा सम्पन्न हुनेछ । यसअघि एसिया कपमा सबै नियममा रिजर्भ डे थिएन । एसीसीले शुक्रबार (सेप्टेम्बर ८) मा दुई टोलीबीच हुने खेलका लागि यो नियम थप गरेको हो ।

जारी एसिया कप क्रिकेटमा भारत र पाकिस्तानबीचको दोस्रो खेल आइतबार हुँदैछ । दुई टोलीबीच समूह चरणमा सेप्टेम्बर २ मा खेलिएको थियो तर वर्षाका कारण खेल रद्द हुन पुग्यो । भारत–पाकिस्तान खेल सुपर–४ को एक मात्र खेल हो जसका लागि रिजर्भ डे राखिएको छ । यो सुविधा अन्य कुनै पनि सुपर–४ खेलका लागि उपलब्ध हुने छैन । यसबाहेक १७ सेप्टेम्बरमा हुने फाइनलका लागि रिजर्भ डे छ ।

भारत र पाकिस्तानबीचको यो खेल श्रीलंकाको राजधानी कोलम्बोको आर प्रेमदासा स्टेडियममा हुनेछ । कोलम्बोमा पछिल्ला केही दिनदेखि लगातार वर्षा भइरहेको छ । लगातार वर्षाका कारण खेलको आयोजना फिर्ता लिने कुरा समेत उठेको थियो । खेलहरू हम्बनटोटा वा डम्बुलामा सारिने विश्वास थियो, तर त्यसो भएन । अब एसिया कपका बाँकी सबै खेल यहाँ खेलिनेछन् ।

एक्यूवेदर वेबसाइटका अनुसार खेलको दिन वर्षा हुने सम्भावना ९० प्रतिशत छ । राति मेघ गर्जनसहित पानी पर्ने सम्भावना छ । दिनको तुलनामा राति पानी पर्ने सम्भावना छ । यसको सम्भावना ९६ प्रतिशतसम्म छ । राति बादल लाग्ने सम्भावना ९८ प्रतिशत छ । वेदरडटकमले पनि ९० प्रतिशत पानी पर्ने सम्भावना दिएको छ ।

कोलम्बोमा हुने भारत र पाकिस्तानबीचको खेल रद्द भएमा खेल रिजर्भ डेमा खेलाइनेछ । रिजर्भ डेमा पनि नतिजा नआएमा दुवै टोलीले एक–एक अंकमा चित्त बुझाउनुपर्नेछ ।