२१ श्रावण २०८३, बिहीबार
,
Latest
झापा अदालतमा सम्बन्धविच्छेदका अधिकांश मुद्दा मिलापत्रमार्फत टुङ्गिए आर्थिक विकास र सुशासनका लागि पारदर्शी लेखा परीक्षण अनिवार्यः परिसंघ अध्यक्ष पाण्डे महालेखा परीक्षकको कार्यालय निजी क्षेत्रमैत्री हुनुपर्छः अध्यक्ष अग्रवाल ‘वित्तीय ऐन–कानून परिमार्जन र बुझाइमा एकरुपता आवश्यक’: महालेखा परीक्षक राया धनुषा जिल्ला अदालतद्वारा पाँच हजार २१६ मुद्दा फछ्र्योट कालासागरको सुरक्षा जोखिमका बीच टर्कीका जलमार्गबाट ६ महिनामा ४० हजारभन्दा बढी जहाजको आवतजावत चीनद्वारा समुन्द्री सतहबाट दुई उपग्रहको सफल प्रक्षेपण यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य कांग्रेसको नीति प्रतिष्ठानमा थप ६ उपसमिति गठन बिनादर्ता सञ्चालित व्यवसायलाई दर्ता गर्न हल्दीबारीको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेस्सीको फ्रि–किकमा अर्जेन्टिनाको जित



अ+ अ-

एजेन्सी । मेस्सीको फ्रि–किक गोलमा अर्जेन्टिनाले विश्वकप फुटबल छनोटमा विजियी सुरुवात गरेको छ । दक्षिण अमेरिका फुटबल महासंघ (कनमेबोल) अन्तर्गत २०२६ विश्वकप छनोटको पहिलो खेलमा कप्तान लियोनेल मेस्सीको गोलमा अर्जेन्टिनाले इक्वेडरलाई १–० गोलअन्तरले पराजित गरेको हो ।

अर्जेन्टिनाको इस्टाडियो मोनुमेन्टालमा शुक्रबार बिहान भएको खेलमा मेस्सीले ७८औं मिनेटमा फ्रि–किक मार्फत गोल गरे। इक्वेडरका काईसेडोले लौतारो मार्टिनेज लाई बक्स बाहिर लडाएपछि अर्जेन्टिनाले सो अवसर पाएको थियो।

यो गोलसँगै मेस्सीको अन्तराष्ट्रिय फुटबलमा १०४ गोल पुगेको छ जुन फुटबल इतिहासमा तेस्रो सर्वाधिक गोल संख्या हो। पोर्चुगलका क्रिस्टियानो रोनाल्डो १२३ गोल गरेर पहिलो स्थानमा छन् भने इरानको अलि डेइ १०९ गोलसहित दोस्रो स्थानमा छन् ।

यस्तै, कनमेबोल अन्तर्गतको अर्को खेलमा कोलम्बियाले भेनेजुयलालाई १–० गोलअन्तरले पराजित गरेको छ। खेलको ४६ औँ मिनेटमा राफेल सन्तोस बोरेले कोलम्बियाको लागि गोल गरे।

यस्तै, पराग्वे र पेरुबीच भएको अर्को खेल भने गोलरहित बराबरीमा सकिएको छ।