१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकी डलरको मूल्यमा नयाँ रेकर्ड



अ+ अ-

काठमाडौं । आज  विनिमय दरमा अमेरिकी डलरको मूल्यले नयाँ रेकर्ड बनाएको छ । लगातार बढ्दो क्रममा देखिएको डलरको मूल्य शुक्रबार हालसम्मकै उच्च भएको हो ।

नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको विनिमय दरको अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ८४ पैसा र बिक्री दर १३३ रुपैयाँ ४४ पैसा कायम गरिएको छ ।

बिहीबार डलरको खरिददर १३२ रुपैयाँ ७२ पैसा र बिक्री दर १३३ रुपैयाँ ३२ पैसा थियो । यसअघि भदौ १ मा डलरको खरिद मूल्य १३२ रुपैयाँ ७४ पैसा र बिक्री मूल्य १३३ रुपैयाँ ३४ पैसा पुगेको थियो ।

यस्तै आज, क्यानेडियन डलर एकको खरिददर ९७ रूपैयाँ २९ पैसा र बिक्रीदर ९७ रूपैयाँ ७३ पैसा तोकिएको छ । युरोपियन युरो एकको खरिदमा १४२ रूपैयाँ २६ पैसा र बिक्रीमा १४२ रूपैयाँ ९१ पैसा पाइन्छ ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर ८४ रूपैयाँ ८२ पैसा र बिक्रीदर ८५ रूपैयाँ २० पैसा तोकिएको छ भने बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १६५ रूपैयाँ ६१ पैसा र बिक्रीदर १६६ रूपैयाँ ३६ पैसा तोकिएको छ।

यस्तै, राष्ट्र बैंकले कतारी रियाल एकको खरिददर ३६ रूपैयाँ ४३ पैसा र बिक्रीदर ३६ रूपैयाँ ६० पैसा तोकेको छ। साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ४२ पैसा र बिक्रीदर ३५ रूपैयाँ ५८ पैसा तोकेको छ भने युएई दिराम एकको खरिददर ३६ रूपैयाँ १७ पैसा र बिक्रीदर ३६ रूपैयाँ ३३ पैसा तोकेको छ ।

मलेसियन रिंगिट एकको खरिदमा २८ रूपैयाँ ३९ पैसा र बिक्रीमा २८ रूपैयाँ ५२ पैसा तोकिदा कुवेती दिनार एकको खरिददर ४३० रूपैयाँ ६६ पैसा र बिक्रीदर ४३२ रूपैयाँ ६० पैसा तोकेको छ ।