१२ मंसिर २०८१, बुधबार
,
Latest
इजरायल र हिजबुल्लाहद्वारा द्वन्द्व अन्त्य गर्ने अमेरिकी प्रस्तावको स्वीकारः बाइडेन आईपीएलको मेगा अक्सनबाट बेन स्टोक्सले किन लिए नाम फिर्ता ? उपनिर्वाचन सुशासनका पक्षमा र भ्रष्टाचारका विरुद्ध मत जाहेर गर्ने अवसरः प्रचण्ड विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चले गर्‍यो अस्वीकार, छिटो अनुसन्धान गरेर टुंग्याउन आदेश रास्वपाका नेताविरुद्धको मुद्दामा सर्वोच्चले मगायो भाषणको पूर्णपाठ तपाई आफ्नो सच्चा मित्र को हो भनेर चिन्न सक्नुहुन्न भने यी ५ संकेतहरुबाट हेर्नुहोस् महिलालाई राज्यका प्रणालीहरुमा मुख्य जिम्मेवारी दिनुपर्छः पूर्वसभामुख घर्ती सुनसरीका किसानलाई मकै र गहुँ छर्न भ्याइनभ्याइ ‘अस्पताललाई सेवाका आधारमा वर्गीकरण गर्नुपर्छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

अष्ट्रेलियाले साउथ अफ्रिकालाई ३ विकेटले हरायो



अ+ अ-

एजेन्सी । पहिलो एकदिवसीय खेलमा अष्ट्रेलियाले दक्षिण अफ्रिकालाई ३ विकेटले पराजित गरेको छ । ब्लोमफन्टेनस्थित मङ्गोङ ओभल मैदानमा पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २२२ रन बनाएको थियो । जवाफमा अस्ट्रेलियाले ४०.२ ओभरमा ७ विकेट गुमाएर लक्ष्य पुरा गर्यो ।

कन्कसन विकल्पका खेलाडी मार्नस लाबुशेनले ८० रन बनाए । उनले आठौं विकेटका लागि एस्टन अगरसँग ११२ रनको साझेदारी गर्दै टोलीलाई सजिलै जित दिलाए । दक्षिण अफ्रिकाका लागि कप्तान टेम्बा बाभुमाले अविजित ११४ रन बनाए ।

यो जितसँगै अस्ट्रेलियाले ५ खेलको एकदिवसीय सिरिजमा १–० को अग्रता बनाएको छ । सिरिजको दोस्रो एकदिवसीय खेल यही मैदानमा सेप्टेम्बर ९ मा हुनेछ ।

टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले सुस्त सुरुवात गरेको थियो । टोलीले ९औं ओभरमा क्विन्टन डी ककको विकेट गुमाएको थियो । उनीपछि रासी भान डेर डुसेन पनि ८ रन बनाएर रनआउट भए । कप्तान टेम्बा बाभुमाले एक छेउमा पकड राखे पनि अर्को छेउमा विकेटहरू लगातार गिरिरहेका थिए । एडन मार्कराम १९ र हेनरिक क्लासेनले मात्र १४ रन बनाउन सके । डेभिड मिलरले खाता पनि खोल्न सकेनन् ।

१०० रनको स्कोरमा द्रुत ५ विकेट गुमाएपछि मार्को जान्सेन र बाभुमाले अर्धशतकीय साझेदारी गरे । जान्सेन ३२ रन बनाएर आउट भए र दुईबीचको साझेदारी टुट्यो ।

अष्ट्रेलियाका तेज बलर जोस हेजलउडले सर्वाधिक ३ विकेट लिए । मार्कस स्टोइनिसले २ विकेट लिए भने सिन एबोट, एस्टन अगर, एडम जाम्पा र क्यामरुन ग्रीनले १/१ विकेट लिए । एक ब्याटर रनआउट भए ।

२२३ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाको टोलीको पनि सुरुवात खराब रह्यो । टोलीले दोस्रो बलमा डेभिड वार्नरको विकेट गुमाएको थियो । कप्तान मिचेल मार्स १७, जोस इंग्लिस १ र एलेक्स क्यारी पनि ३ रन मात्रै बनाएर आउट भए । मार्कस स्टोइनिसले इनिङ्स सम्हाल्ने प्रयास गरे तर उनी पनि १७ रन बनाएर आउट भए । ट्राभिस हेडले ३३ रन बनाए ।

विश्वकप टोलीमा परेका सिन एबोटले केही बल खेले पनि ९ रन बनाएर आउट भए । उनको विकेटपछि अष्ट्रेलियाको स्कोर ७ विकेटमा ११३ रन बन्यो ।

४ नम्बरमा ब्याटिङ गर्न आएका क्यामरुन ग्रीनलाई दोस्रो बलमा कागिसो रबाडाले बाउन्सर बल दिए । बल उनको हेल्मेटमा सिधै ठोकियो, फिजियोले जाँच गरेपछि उनी चोटग्रस्त भएर मैदानबाट बाहिर निस्किए । उनको स्थानमा, टोलीले मार्नस लाबुसेनलाई कन्कशन सब्स्टिट्यूटको रूपमा समावेश गरियो ।

लाबुसेन आफ्नो एकदिवसीय करियरमा पहिलो पटक ८ नम्बरमा ब्याटिङ गर्न आएका थिए । उनले द्रुत रन बनाए र ४६ बलमा आफ्नो अर्धशतक पूरा गरे । लाबुसेनले अष्ट्रेलियालाई कठिन परिस्थितिबाट जोगाए । उनले एस्टन अगरसँग ११२ रनको साझेदारी गर्दै टोलीलाई ७ विकेटले जिताए । लाबुसेन ८० र अगर ४८ रन बनाएर नटआउट रहे ।

दक्षिण अफ्रिकाका कागिसो रबाडा र जेराल्ड कोएट्जीले २–२ विकेट लिए । उनका अलावा मार्को यानेस, लुंगी एनगिडी र केशव महाराजले १–१ विकेट लिए ।