६ श्रावण २०८३, बुधबार
,
Latest
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म जलवायु परिवर्तनलाई विकासको मूल एजेण्डा बनाउनुपर्छः गगन थापा एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक प्रधानमन्त्रीले आज नेपाल हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्दै पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ग्रीन रन प्रतियोगिता, कल्याण कोषको घोषणा ‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता ‘आरसीओडी’को म्याद थप्न ऊर्जामन्त्री बोलाए बैठक सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

अष्ट्रेलियाले साउथ अफ्रिकालाई ३ विकेटले हरायो



अ+ अ-

एजेन्सी । पहिलो एकदिवसीय खेलमा अष्ट्रेलियाले दक्षिण अफ्रिकालाई ३ विकेटले पराजित गरेको छ । ब्लोमफन्टेनस्थित मङ्गोङ ओभल मैदानमा पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २२२ रन बनाएको थियो । जवाफमा अस्ट्रेलियाले ४०.२ ओभरमा ७ विकेट गुमाएर लक्ष्य पुरा गर्यो ।

कन्कसन विकल्पका खेलाडी मार्नस लाबुशेनले ८० रन बनाए । उनले आठौं विकेटका लागि एस्टन अगरसँग ११२ रनको साझेदारी गर्दै टोलीलाई सजिलै जित दिलाए । दक्षिण अफ्रिकाका लागि कप्तान टेम्बा बाभुमाले अविजित ११४ रन बनाए ।

यो जितसँगै अस्ट्रेलियाले ५ खेलको एकदिवसीय सिरिजमा १–० को अग्रता बनाएको छ । सिरिजको दोस्रो एकदिवसीय खेल यही मैदानमा सेप्टेम्बर ९ मा हुनेछ ।

टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले सुस्त सुरुवात गरेको थियो । टोलीले ९औं ओभरमा क्विन्टन डी ककको विकेट गुमाएको थियो । उनीपछि रासी भान डेर डुसेन पनि ८ रन बनाएर रनआउट भए । कप्तान टेम्बा बाभुमाले एक छेउमा पकड राखे पनि अर्को छेउमा विकेटहरू लगातार गिरिरहेका थिए । एडन मार्कराम १९ र हेनरिक क्लासेनले मात्र १४ रन बनाउन सके । डेभिड मिलरले खाता पनि खोल्न सकेनन् ।

१०० रनको स्कोरमा द्रुत ५ विकेट गुमाएपछि मार्को जान्सेन र बाभुमाले अर्धशतकीय साझेदारी गरे । जान्सेन ३२ रन बनाएर आउट भए र दुईबीचको साझेदारी टुट्यो ।

अष्ट्रेलियाका तेज बलर जोस हेजलउडले सर्वाधिक ३ विकेट लिए । मार्कस स्टोइनिसले २ विकेट लिए भने सिन एबोट, एस्टन अगर, एडम जाम्पा र क्यामरुन ग्रीनले १/१ विकेट लिए । एक ब्याटर रनआउट भए ।

२२३ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाको टोलीको पनि सुरुवात खराब रह्यो । टोलीले दोस्रो बलमा डेभिड वार्नरको विकेट गुमाएको थियो । कप्तान मिचेल मार्स १७, जोस इंग्लिस १ र एलेक्स क्यारी पनि ३ रन मात्रै बनाएर आउट भए । मार्कस स्टोइनिसले इनिङ्स सम्हाल्ने प्रयास गरे तर उनी पनि १७ रन बनाएर आउट भए । ट्राभिस हेडले ३३ रन बनाए ।

विश्वकप टोलीमा परेका सिन एबोटले केही बल खेले पनि ९ रन बनाएर आउट भए । उनको विकेटपछि अष्ट्रेलियाको स्कोर ७ विकेटमा ११३ रन बन्यो ।

४ नम्बरमा ब्याटिङ गर्न आएका क्यामरुन ग्रीनलाई दोस्रो बलमा कागिसो रबाडाले बाउन्सर बल दिए । बल उनको हेल्मेटमा सिधै ठोकियो, फिजियोले जाँच गरेपछि उनी चोटग्रस्त भएर मैदानबाट बाहिर निस्किए । उनको स्थानमा, टोलीले मार्नस लाबुसेनलाई कन्कशन सब्स्टिट्यूटको रूपमा समावेश गरियो ।

लाबुसेन आफ्नो एकदिवसीय करियरमा पहिलो पटक ८ नम्बरमा ब्याटिङ गर्न आएका थिए । उनले द्रुत रन बनाए र ४६ बलमा आफ्नो अर्धशतक पूरा गरे । लाबुसेनले अष्ट्रेलियालाई कठिन परिस्थितिबाट जोगाए । उनले एस्टन अगरसँग ११२ रनको साझेदारी गर्दै टोलीलाई ७ विकेटले जिताए । लाबुसेन ८० र अगर ४८ रन बनाएर नटआउट रहे ।

दक्षिण अफ्रिकाका कागिसो रबाडा र जेराल्ड कोएट्जीले २–२ विकेट लिए । उनका अलावा मार्को यानेस, लुंगी एनगिडी र केशव महाराजले १–१ विकेट लिए ।