१९ मंसिर २०८२, शुक्रबार
,
Latest
महिला भलिबल प्रतियोगिता : नेपाल पुलिस क्लब विजयी बालबालिकालाई अस्थायी संरक्षण र वैकल्पिक स्याहारको व्यवस्था गर्दै कामपा विश्वकप खेल्ने नेपाली महिला टोलीको बन्द प्रशिक्षण सुरु मुख्यमन्त्रीद्वारा मानव सेवा आश्रम सुर्खेतको भवन शिलन्यास हाइअल्टिच्यूड क्रिकेटको प्रवर्द्धन गर्न अर्जुनचौपारी र अपिहिमालबीच भगिनी सम्बन्ध स्थापना प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतसँगको खेलमा छक्का प्रहार गरेका कुशल र सोमपाललाई पुरस्कार प्रदान



अ+ अ-

काठमाडौँ । एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत भारतसँगको खेलमा छक्का प्रहार गरेका दुई नेपाली खेलाडीलाई पुरस्कार प्रदान गरिएको छ ।

इन्स्पायर नोबल फाउन्डेशनले एसिया कप–२०२३ अन्तर्गत भारतसँगको खेलमा छक्का प्रहार गर्ने प्रतिखेलाडीलाई एक लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरेको थियो ।

जसअनुसार खेलकुद पत्रकार मञ्चको रोहबरमा आज बिहीवार आयोजित कार्यक्रममा भारतसँगको खेलमा छक्का प्रहार गरेका नेपालका कुशल भुर्तेल र सोमपाल कामीलाई जनही एक–एक लाख रुपैयाँ प्रदान गरिएको हो ।

भारतसँगको खेलमा कुशल र सोमपालले समान दुई छक्का प्रहार गरेका थिए । कुशल र सोमपाललाई फाउन्डेशनको तर्फबाट सुशील रेग्मीले चेक हस्तान्तरण गरे । फाउन्डेशनले भारतसँगको खेलमा छक्का प्रहार गर्ने तथा विकेट लिने प्रत्येक खेलाडीलाई नगदबाट पुरस्कृत गर्ने घोषणा गरेको थियो ।

इन्स्पायर नोबेल फाउन्डेसन अमेरिकामा रहेका गैरआवासीय नेपालीले खोलेको संस्था हो । पुरस्कृत भएपछि दुवै खेलाडीले यसबाट आफूलाई थप हौसला मिलेको बताउँदै फाउन्डेशनलाई धन्यवाद दिए ।