• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   भेडीगोठले बुकीमा चहलपहल, बेंसी सुनसान ★   एसिया कप खेल्ने नेपाली टोलिको घोषणा ★   मनीताले पेरिस ओलम्पिक खेल्ने ★   इच्छाकामना गाउँपालिकाद्वारा तीनवटा कृषि एम्बुलेन्स सञ्चालन ★   अन्य थप ऐन संशोधनलाई प्राथमिकता दिन काँग्रेसलाई निजी क्षेत्रको सुझाव ★   नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउन उपकरण ★   कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल ★   स्वस्तिमा–साम्राज्ञीको अभिव्यक्ति गैर जिम्मेवारपूर्णः चलचित्र कलाकार संघ ★   नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने ★   एकीकृत समाजवादीको अध्यक्षमा झलनाथ खनालले घनश्यामलाई सहयोग गर्ने

२० वर्षपछि रोनाल्डो बालोन डी’ओरको मनोनयन सूचीमै परेनन्



एजेन्सी । विश्व फुटबलको प्रतिष्ठित खेलाडी अवार्ड बालोन डी’ओरका लागि ३० जना खेलाडीलाई समावेश गर्दै मनोनयन सूची सार्वजनिक गरिएको छ ।

उक्त सूचीमा हाल साउदी अरबको क्लब अल नासरबाट व्यवसायिक फुटबल खेलिरहेका पाँचपटक उक्त अवार्डका विजेता रहेका क्रिस्टियानो रोनाल्डो भने अटाएका छैनन् । रोनाल्डोले सन् २००८, २०१४, २०१५, २०१६ र २०१७ मा यो अवार्ड प्राप्त गरेका थिए ।

रोनाल्डो सन् २००३ पछि पहिलोपटक मनोनयनमै नपरेका हुन् । उनी गत सिजन इङ्लिस क्लब म्यानचेस्टर युनाइटेड छाडेर अल नासरमा आबद्ध भएका थिए । ३० खेलाडीको सूचीमा लियोनल मेसी, एर्लिङ हालाण्ड केलियन एमबाप्पे लगायत छन् । हरेक वर्ष एक खेलाडीलाई बालोन डी’ओर प्रदान गरिँदै आएको छ ।

मेसीले यो अवार्ड सर्वाधिक ७ पटक जितेका छन् । यसपटक हालाण्ड र मेसीलाई प्रमुख दावेदारको रुपमा हेरिएको छ । हालाण्डले गत सिजन म्यानचेस्टर सिटीलाई युरोपियन च्याम्पियन्स लिग र प्रिमियर लिग र एफए कप गरी ट्रेबल उपाधि जिताएका थिए । मेसीले भने गत वर्ष अर्जेन्टिनालाई विश्वकपको उपाधि दिलाएका थिए ।