६ श्रावण २०८३, बुधबार
,
Latest
पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ग्रीन रन प्रतियोगिता, कल्याण कोषको घोषणा ‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता ‘आरसीओडी’को म्याद थप्न ऊर्जामन्त्री बोलाए बैठक सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै जलवायु जनचेतना जगाउन कांग्रेसको ‘ग्रीन रन’- फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन् मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

२० वर्षपछि रोनाल्डो बालोन डी’ओरको मनोनयन सूचीमै परेनन्



अ+ अ-

एजेन्सी । विश्व फुटबलको प्रतिष्ठित खेलाडी अवार्ड बालोन डी’ओरका लागि ३० जना खेलाडीलाई समावेश गर्दै मनोनयन सूची सार्वजनिक गरिएको छ ।

उक्त सूचीमा हाल साउदी अरबको क्लब अल नासरबाट व्यवसायिक फुटबल खेलिरहेका पाँचपटक उक्त अवार्डका विजेता रहेका क्रिस्टियानो रोनाल्डो भने अटाएका छैनन् । रोनाल्डोले सन् २००८, २०१४, २०१५, २०१६ र २०१७ मा यो अवार्ड प्राप्त गरेका थिए ।

रोनाल्डो सन् २००३ पछि पहिलोपटक मनोनयनमै नपरेका हुन् । उनी गत सिजन इङ्लिस क्लब म्यानचेस्टर युनाइटेड छाडेर अल नासरमा आबद्ध भएका थिए । ३० खेलाडीको सूचीमा लियोनल मेसी, एर्लिङ हालाण्ड केलियन एमबाप्पे लगायत छन् । हरेक वर्ष एक खेलाडीलाई बालोन डी’ओर प्रदान गरिँदै आएको छ ।

मेसीले यो अवार्ड सर्वाधिक ७ पटक जितेका छन् । यसपटक हालाण्ड र मेसीलाई प्रमुख दावेदारको रुपमा हेरिएको छ । हालाण्डले गत सिजन म्यानचेस्टर सिटीलाई युरोपियन च्याम्पियन्स लिग र प्रिमियर लिग र एफए कप गरी ट्रेबल उपाधि जिताएका थिए । मेसीले भने गत वर्ष अर्जेन्टिनालाई विश्वकपको उपाधि दिलाएका थिए ।