• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   संसद्का दुवै सदनको बैठकमा आज बजेटमाथि छलफल हुने ★   टी–२० विश्वकप आजदेखि, अमेरिका र क्यानडा भिड्दै ★   आठ जना युवा शल्यचिकित्सकले गरे १०० जनामा ‘कृतिम हाडजोर्नी प्रत्यारोपण’ ★   मोदीले ‘ह्याट्रिक’ गर्ने लगभग निश्चित ★   डर्टमण्डलाई हराउँदै रियलले जित्यो च्याम्पियन्स लिगको उपाधि ★   ‘राष्ट्रनिर्माणमा दलित’ सार्वजनिक ★   नासाद्वारा सबैभन्दा टाढाको आकाशगङ्गा फेला परेको दावी ★   तनहुँलाई खेलकुद हबका रूपमा विकास गर्नुपर्छ: उपसभापति वाग्ले ★   टेस्ट मान्यताप्राप्त टिमलाई हराएर नेपाल पनि सक्षम छ भन्ने सन्देश दिने बेला भइसक्योः रोहित ★   अब छोराछोरीको कमाइको १० प्रतिशत बाबुआमालाई दिनुपर्छ: मन्त्री चौधरी

२० वर्षपछि रोनाल्डो बालोन डी’ओरको मनोनयन सूचीमै परेनन्



एजेन्सी । विश्व फुटबलको प्रतिष्ठित खेलाडी अवार्ड बालोन डी’ओरका लागि ३० जना खेलाडीलाई समावेश गर्दै मनोनयन सूची सार्वजनिक गरिएको छ ।

उक्त सूचीमा हाल साउदी अरबको क्लब अल नासरबाट व्यवसायिक फुटबल खेलिरहेका पाँचपटक उक्त अवार्डका विजेता रहेका क्रिस्टियानो रोनाल्डो भने अटाएका छैनन् । रोनाल्डोले सन् २००८, २०१४, २०१५, २०१६ र २०१७ मा यो अवार्ड प्राप्त गरेका थिए ।

रोनाल्डो सन् २००३ पछि पहिलोपटक मनोनयनमै नपरेका हुन् । उनी गत सिजन इङ्लिस क्लब म्यानचेस्टर युनाइटेड छाडेर अल नासरमा आबद्ध भएका थिए । ३० खेलाडीको सूचीमा लियोनल मेसी, एर्लिङ हालाण्ड केलियन एमबाप्पे लगायत छन् । हरेक वर्ष एक खेलाडीलाई बालोन डी’ओर प्रदान गरिँदै आएको छ ।

मेसीले यो अवार्ड सर्वाधिक ७ पटक जितेका छन् । यसपटक हालाण्ड र मेसीलाई प्रमुख दावेदारको रुपमा हेरिएको छ । हालाण्डले गत सिजन म्यानचेस्टर सिटीलाई युरोपियन च्याम्पियन्स लिग र प्रिमियर लिग र एफए कप गरी ट्रेबल उपाधि जिताएका थिए । मेसीले भने गत वर्ष अर्जेन्टिनालाई विश्वकपको उपाधि दिलाएका थिए ।