२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसिया कपमा पाकिस्तानको विजय यात्रा जारी, बंगलादेश ७ विकेटले पराजित



अ+ अ-

लाहोर: एसिया कप क्रिकेट अन्तर्गत आज भएको खेलमा पाकिस्तानले बंगलादेशलाई सात विकेटले सहजै पराजित गरेको छ । बंगलादेशले प्रस्तुत गरेको १९४ रनको लक्ष्य पाकिस्तानले ३ विकेट गुमाएर पुरा गरेको थियो ।

टस जितेर पहिले ब्याटिङ रोजेको बंगलादेशले ३८.४ ओभरमा सबै विकेट गुमाएर १९३ रन मात्र बनाएको थियो । बंगलादेशका लागि अनुभवी कप्तान शकिब अल हसनले ५३ र विकेट किपर ब्याट्सम्यान मुस्फिकर रहिमले ६४ रनको योगदान गरेका थिए । तर अन्य ब्याट्सम्यान सस्तैमा पवेलियन फर्किएका थिए ।

पाकिस्तानका बलरहरु ह्यारिस रोउफले ४, नसीम शाहले ३, शाहिन शाह अफ्रिदी, फहिम अस्रफ र इफ्तिखर अहमदले क्रमश: एकएक विकेट लिएका थिए ।

जवाफमा ब्याटिङमा उत्रेको पाकिस्तानले १९४ रनको लक्ष्यलाई ३९.३ ओभरमा पुरा गरेको थियो । पाकिस्तानका लागि ओपनिङ ब्याट्सम्यान इमाम उल हकले ७८, मोहम्मद रिजवानले ६३, फखार जमानले २० र कप्तान बाबर आजमले १७ रन बनाएका थिए । इमाम उल हकले प्लेयर अफ द म्याचको पुरस्कार प्राप्त गरेका थिए । एजेन्सी

सुपर ४ को अंक तालिका
१. पाकिस्तान — १ खेल २ अंक
२. बंगलादेश — १ खेल ० अंक

सुपर ४ का खेलहरु
श्रीलंका र बंगलादेश (शनिबार)
भारत र पाकिस्तान (आइतबार)