२३ भाद्र २०८३, मंगलवार
,
Latest
राष्ट्रसङ्घको ८१ औँ महासभामा सुरु हुँदै जेन–जी विद्रोहले लोकतन्त्रमा पलाएको कुशासन र भ्रष्टाचारको लेउ पखाल्यो : बाबुराम भट्टराई नुवाकोटमा हैजाविरुद्धको खोप पठाइयो, रसुवामा पर्सिदेखि अभियान सुशासन र परिवर्तनका लागि इमानदार प्रयास गरौँः पूर्वप्रधानमन्त्री कार्की एक सय ६२ किलो गाँजासहित मकवानपुरबाट दुई जना पक्राउ बाढीपीडितको उद्धार तथा राहतमा धादिङका एमाले स्थानीय कमिटी सक्रिय एक दशकदेखि मातृ तथा नवजात धनुष्टंकार उन्मूलन कायम राखेकोमा नेपाललाई डब्ल्यूएचओको सम्मान जेन–जीको बलिदानको सम्मान गर्दै मानव अधिकार आयोगको सिफारिस कार्यान्वयन गर्न कांग्रेस नेता आङदेम्बेको माग देश र जनताको कल्याणको कामनासहित राष्ट्रपतिद्वारा पशुपतिनाथमा पूजाआराधना सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वी युक्रेनको बजारमा रुसी आक्रमण, १७ जनाको मृत्यु



अ+ अ-

बुधबार पूर्वी युक्रेनको एक बजारमा रुसी आक्रमणमा परी कम्तीमा १७ जनाको मृत्यु हुनुका साथै अन्य केही घाइते भएको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन् । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन युक्रेनको राजधानी किभ भ्रमणमा गएकै दिन यस्तो घातक हमला भएको हो । ब्लिन्केनले किभलाइ करिब १ अर्ब डलरको सैनिक सहायता उपलब्ध गराउने समझदारीको घोषणा गर्ने अनुमान गरिएको छ ।

“रूसी आक्रमणबाट डोनेस्क क्षेत्रको कोस्ट्यान्टीनिभका शहरमा १७ जनाको मृत्यु भएको छ । आक्रमण व्यवसायिक स्थलमा पसलहरू खुलेको र सर्वसाधारण सामान खरिदका निम्ति बजारमा व्यस्त रहेको आक्रमणमा अन्य धेरै व्यक्ति घाइते भएका छन्,” जेलेन्स्कीले सामाजिक सञ्जालमा लेखेका छन् ।

प्रधानमन्त्री डेनिस श्मीगलले सेक्युरिटी क्यामेरा फुटेज पोस्ट गरेका छन् । छोटो भिडियोमा विस्फोटले कियोस्कको भीडलाई तितरभितर बनाएको र घटनापछि स्थानीय बासिन्दाहरू उद्धारका लागि दौडिरहेका देखिन्छ ।

मृत्यु हुनेमा एक बालक पनि छन् ।

युक्रेनको गृह मन्त्रालयका इगोर क्लाइमेन्कोले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै आक्रमणमा परी २८ जना घाइते भएको जनाएको छ ।

कोस्ट्यानटाइनिभका पूर्वी औद्योगिक क्षेत्र डोनेस्कमा अनुमानित ७० हजार मानिसको बसोबास छ । कोस्ट्यानटाइनिभका रक्तपातपूर्ण युद्ध भएको बाख्मुत नजिकै छ ।

सन् २०१४ देखि क्रेमलिन समर्थित पृथकतावादी समूहले डोनेस्कलाई आंशिक रूपमा नियन्त्रण गर्दै आएको छ ।  एएफपी