१० भाद्र २०८३, बुधबार
,
Latest
कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न ,राज्य आफ्ना सम्पूर्ण साधन र स्रोतका साथ तपाईंहरूकै साथमा छ बाढी प्रभावितको उद्धार, उपचार र पुनःस्थापनाको पूर्ण जिम्मेवारी सरकारले लिन्छ: प्रधानमन्त्री शाह रसुवा बाढीः उद्धार तथा राहतको लागि रास्वपाले सरकारलाई ५० लाख आर्थिक सहयोग गर्ने बाढी जोखिमप्रति सतर्क रहन एनआरएनए पोर्चुगलको अपिल बाढीपहिरो प्रभावितको उद्धारमा जुट्न क्याप्टेन थापाको आह्वान पृथ्वी राजमार्गमा सवारी आवागमन पूर्णरुपमा बन्द बाढीपहिरोका कारण प्रतिनिधिसभा बैठक स्थगित रसुवा बाढीमा पूर्वराजा ज्ञानेन्द्रको चासो, बेपत्ताको खोजी र उद्धार तीव्र पार्न आग्रह भोटेकोशी बाढीः नेपाल र चीनबिच मौसमी विवरण आदानप्रदान गर्ने विषयमा सहकार्य गर्ने सहमति युएसएस अब्राहम लिङ्कन थाइल्यान्डतर्फ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बैशाख २२ गते बुधबार, कस्तो रहनेछ तपाईको आजको दिन ? हेरौं राशिफल



अ+ अ-

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ): आज सेवा गर्ने अवसर जुट्न सक्छ । करियरको क्षेत्रमा साथीको सुझावले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ । धन हात पार्न पनि सक्छ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ): आज नाताकुटुम्बको आगमन हुने र परिवारमा नयाँ सदस्य थपिन पनि सक्ने सम्भावना छ । परिवारमा रमाइलो वातावरण छाउनेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ): औपचारिकतामा अल्ली बढी व्यस्त रहन पर्नसक्छ । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्नसक्छ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते ): दूरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छ । सामाजिक महत्वको क्षेत्रको भ्रमण हुनेछ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ): आज घर परिवारमा मनोरञ्जनपूर्ण वातावरण बन्नेछ । व्यवसायिक क्षेत्रबाट लाभ हुनेछ । परोपकारजन्य कार्यमा लगाव पनि बढ्नेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा ): मनमा हर्ष र प्रसन्नताका हुन सक्छ । परोपकारका क्षेत्रमा लगानीको समय छ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ): बोलीवचन एवं भाषण आदिमा प्रशंसा मिल्नेछ । विपरीत बर्गप्रति आकर्षण बढ्नेछ । रचनात्मक कार्यमा जुट्दा फाइदा हुनेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ): परोपकार तथा सहयोग आदिमा भूमिका निर्वाह गर्न पाइनेछ । सजिलै अरूको मन जित्न सकिएला र त्यसबाट लाभ पनि मिल्नेछ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ): आज घर परिवारप्रति जिम्मेवारी बढ्नेछ । परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । कृषि कार्यमा सफलता हात लाग्नेछ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ): आज लाभहानी, आयव्यय, सुखदुःख बराबरी खालको समय छ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै बढी लाभ मिल्नेछ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ): आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाइनेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ): आज काम बिगार्न चाहनेहरू अगाडि बढ्न सक्छन् । स्वरोजगारीका निम्ति दौडधुप गर्नुपर्ने हुन सक्छ । यात्रा गर्दा बाटोमा दुख हुन सक्छ । हाम्रो पात्रो