२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आसिफलाई मेडल लगाईदिँदै कोहलीले भने– ‘एउटा मेडल मलाई पनि दिनुपर्‍यो, क्याच छोडेकोमा’



अ+ अ-

काठमाडौँ । राष्ट्रिय क्रिकेट टोलीका ओपनर आसिफ शेखले भारतीय क्रिकेटर विराट कोहलीले मेडल लगाईदिदै गर्दा क्याच छोडेकामा आफुले पनि एउटा पाउनुपर्ने बताएका उल्लेख गरेका छन् ।

एसिया कप खेलेर स्वदेश फर्किएपछि सञ्चारकर्मीहरुसँग कुराकानि गर्दै आसिफले उक्त कुरा बताएका हुन् । ह्याप्पी ड्रेसिङ रुम अन्तर्गत भारतको ड्रेसिङ रुपमा नेपाल खेलाडी गएका थिए । भारतीय खेलाडी कोहलीले आसिफलाई मेडल लगाइदिएका थिए ।

कोहलीले मेडल लगाइदिने बेला आसिफलाई केहि भन्दै जिस्काएका थिए । पछाडि बसेका सूर्यकुमार यादव पनि कोहलीको कुरामा सहमत जनाउदै हात मिलाउदै हासेका थिए । उक्त प्रंसग बारे आसिफले भने ‘कोहलीबाट मेडल लगाउँदा निकै गर्व लागेको थियो । उहाँले अन्त्यमा एउटा मेडल मलाई पनि दिनु पर्यो, क्याच छोडेकोमा भन्नु भएको थियो।’

आसिफलाई कोहलीले ब्यक्तिगत एक रनमा एक्स्ट्रा कभरमा जीवनदान दिएका थिए । कोहलीको जीवनदानपछि आसिफले ९७ बलमा ८ चौकासहित सर्वाधिक ५८ रन बनाएका थिए । पछि उनी मोहम्मद शिराजको बलमा कोहलीबाटै आउट भएका थिए ।

मुख्य प्रशिक्षक मोन्टी देशाईको पहलमा नेपाली टोली भारतीय ड्रेसिङ रुममा पुगेका थियो । नेपाली खेलाडीले भारतीय स्टारसँग कुराकानी गर्नुको साथै अटोग्राफ समेत लिएका थिए । ‘हामीलाई त्यो सरप्राइज जस्तो थियो। खेलपछि हेन्ड सेक गर्ने, बिदा हुने जस्तो लागेको थियो’, आसिफले भने ।