२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

अब चाहिँ हाई टाइम भइसक्यो, पूर्वाधारमा लगानी गर्नुपर्छ– कप्तान पौडेल



file
अ+ अ-

काठमाडौं। राष्ट्रिय क्रिकेट टोलिका कप्तान रोहित पौडेलले अब पूर्वाधारमा लगानी गर्नुपर्ने बताएका छन् ।

एसिया कप खेलेर स्वदेश फर्किएपछि बुधबार सञ्चारकर्मीहरुसँग बोल्दै रोहितले सरकारले पूर्वाधारमा लगानी गर्नु बाहेकको अन्य बिकल्प नरहेको बताएका हुन्।

उनले देशमा डोमेस्टिक स्ट्रक्चर नभएको गुनासो गर्दै भने, ‘अब चाहिँ हाई टाइम भइ सक्यो, इन्फ्रास्ट्रक्चरमा इन्भेस्ट गर्नुपर्छ। जहिल्यै पनि ती कुराहरुमा संघर्ष गरिरहेका हुन्थ्यौँ हामी। एउटै विकेट छ त्यसैमा सबै जनाले तयारी गरिरहनु परेको छ। डोमेस्टिक स्ट्रक्चर छैन केही पनि। प्रत्येक प्रदेशमा ग्राउन्ड खासगरी पिचहरु भयो भने तयारी गर्न सकिन्छ । ’