• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   भेडीगोठले बुकीमा चहलपहल, बेंसी सुनसान ★   एसिया कप खेल्ने नेपाली टोलिको घोषणा ★   मनीताले पेरिस ओलम्पिक खेल्ने ★   इच्छाकामना गाउँपालिकाद्वारा तीनवटा कृषि एम्बुलेन्स सञ्चालन ★   अन्य थप ऐन संशोधनलाई प्राथमिकता दिन काँग्रेसलाई निजी क्षेत्रको सुझाव ★   नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउन उपकरण ★   कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल ★   स्वस्तिमा–साम्राज्ञीको अभिव्यक्ति गैर जिम्मेवारपूर्णः चलचित्र कलाकार संघ ★   नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने ★   एकीकृत समाजवादीको अध्यक्षमा झलनाथ खनालले घनश्यामलाई सहयोग गर्ने

पर्वहरू सामाजिक तथा सांस्कृतिक सम्बन्धका धरोहर हुन्: सभापति देउवा



फाईल फोटो

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सबै पर्वहरू हाम्रो सामाजिक सम्बन्ध र सांस्कृतिक सौहाद्र्रताका धरोहर भएको उल्लेख गर्नुभएको छ ।

श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले प्रत्येक धार्मिक र सांस्कृतिक रीतिरिवाजलाई सबैले आदर र सम्मान गर्ने हाम्रो आफ्नै सदभावयुक्त परम्परा रहेको उल्लेख गर्नुभएको छ । यी पर्वहरूले सामूहिक भावनालाई अझ विकसित गर्दै, सबैमा एकता र मेलमिलापको आधार खडा गर्न सहयोग पुर्‍याएको उहाँले बताउनुभएको छ ।

नेपाल विभिन्न चाडपर्व, धार्मिक एवं सांस्कृतिक रीतिरिवाज भएको मुलुक हो । विभिन्न पर्वमध्ये श्रीकृष्ण जन्माष्टमी पनि हाम्रो एक महत्वपूर्ण पर्व हो । यस दिन भगवान श्रीकृष्णको पूजाअर्चना गरी श्रद्धा भक्तिपूर्वक यो पर्व मनाउँछौँ ।

सभापति देउवाले भगवान् श्रीकृष्ण जन्मनु भएको पावन दिनको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा कांग्रेस र आफ्नो तर्फबाट सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ । रासस