• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo
Latest
★   नेपालको राजनीतिक अवस्था जटिल मोडमा छः अध्यक्ष श्रेष्ठ ★   कमिसनतन्त्र र भ्रष्टाचार संघदेखि प्रदेशसम्मै बढेर गयोः अध्यक्ष यादव ★   संविधानको रक्षा र लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको सबलीकरण गर्न आवश्यकः देउवा ★   राप्रपा नेपालमा समाहित भयो नेपाल जनता पार्टी धिरेन्द्र झा समूह ★   मोनाली ठाकुरलाई कन्सर्टमा दुर्व्यवहार, दर्शकहरुमध्ये एक व्यक्तिले गोप्य अंगमा टिप्पणी गरे ★   बागमती प्रदेशका पूर्वमुख्यमन्त्री पौडेल अर्थोपेडिक अस्पतालमा ★   युरो कपमा आज नकआउट चरणका दुई खेल हुँदै ★   कांग्रेस पदाधिकारी बैठक बस्दै ★   प्रभु बैंकले सञ्चालनमा ल्यायो भिजा बिजनेश डेबिट कार्ड सेवा ★   संसद ऐन, कानून बनाउनुपर्ने भुमिकामा चुक्दै गयो: अध्यक्ष दाहाल

एसिया कप: आज सुपर फोरको पहिलो खेलमा पाकिस्तान र बंगलादेश भिड्दै



एजेन्सी । एसिया कप २०२३ को सुपर फोर राउण्डको पहिलो खेलमा आज पाकिस्तान र बंगलादेश खेल्दैछन् । लाहोरको गद्दाफी क्रिकेट स्टेडियममा हुन लागेको खेल नेपाली समयअनुसार दिउँसोको ३:१५ बजेबाट सुरु हुनेछ । आज यी दुबै टोली सुपर फोरमा पहिलो जित हासिल गर्ने अठोटको साथ मैदानमा उत्रनेछन् ।

समुह चरणको खेलमा पाकिस्तानले ब्याटिङ र बलिङ दुवैमा आफ्नो पराक्रम देखाएको थियो । पाकिस्तानका कप्तान बाबर आजम र इफ्तिखार अहमदले नेपालविरुद्ध उत्कृष्ट शतक प्रहार गरेका थिए । यस्तै, शाहीन शाह अफ्रिदीले भारतविरुद्ध शानदार चार विकेट लिएका थिए । अफ्रिदीले भारतका कप्तान रोहित पौडेल (११) र विराट कोहली (४)को अर्ली विकेट लिएका थिए ।

अर्कोतर्फ, समूह चरणमा बंगलादेशका लागि मेहदी हसन मिराज र नजमुल हुसेन शान्तो उत्कृष्ट ब्याट्सम्यान हुन् । अफगानिस्तान विरुद्ध मेहिदी र शान्तोको जोडीले उत्कृष्ट शतक प्रहार गरेका थिए । यस्तै, तस्किन अहमदले चार विकेट लिएका थिए ।

पाकिस्तानले समूहका दुवै खेलमा एउटै इलेभेन खेले पनि सुपर फोरको सुरुवात एउटा परिवर्तन गरेको छ । उनीहरूले बंगलादेशसँगको खेलमा मोहम्मद नवाजलाई बेन्चमा राखेर मध्यम गतिका बलर फहीम अशरफलाई खेलाउन आटेको छ। बंगलादेशको लाइनअपमा धेरै बायाँ हात ब्याट्सम्यान भएका कारण पाकिस्तानले बायाँ हाते स्पिनर नवाजलाई आउट गरेको हुन सक्छ ।

बंगलादेशका उत्कृष्ट ब्याट्सम्यान शान्तोले सुपर फोरका खेलहरु गुमाउने भएका छन् । चोटका कारण उनी बंगलादेश फर्किसकेका छन् । अफगानिस्तानले शान्तोको ठाउँमा लिट्टन दासलाई खेलाउने सम्भावना छ ।

पाकिस्तानको सम्भावित प्लेइङ–११:

फखर जमान,इमाम उल हक, बाबर आजम (कप्तान), मोहम्मद रिजवान (विकेटकीपर), आगा सलमान, इफ्तिखार अहमद, शादाब खान, फहीम अशरफ, शाहीन शाह अफ्रिदी, नसीम शाह, हरिस रउफ।

बंगलादेश सम्भावित प्लेइङ–११:

मोहम्मद नइम, मेहिदी हसन मिराज, लिट्टन दास, शकिब अल हसन (कप्तान), मुशफिकुर रहिम (विकेटकीपर), तौहिद हृदोय, शमीम हुसेन, अफिफ हुसेन, तस्किन अहमद, शोरिफुल इस्लाम, हसन महमुद।