१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar नेप्सेमा उपलब्ध सबै वित्तीय उपकरणको कारोबार सञ्चालन गर्न सक्षम छौँ : सुवेदी News Polar जटिल प्रसूति समस्या भएपछि धादिङकी २४ वर्षीया महिलाको हवाई उद्धार News Polar ललितपुरको सुरस्चन्द्र महाविहार महापालमा वसुन्धरादेवीको व्रतपूजा News Polar नेप्सेमा रणनीतिक साझेदार भित्र्याएर निजीकरण गर्नुपर्ने महासंघका रेग्मीको सुझाव News Polar बीपी राजमार्गमा स्कार्पियो २० मिटर तल खस्यो, आठ जना घाइते News Polar आस्थाको केन्द्र बन्दै कपिलवस्तुकाे रक्षाबाबा News Polar गर्मी र वर्षाले बढ्यो सर्पको बिगबिगी News Polar एसियाली पूर्वाधार लगानी बैंकको वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले स्वदेश फिर्ता News Polar भाेजपुरका बाख्रापालक कृषकलाई अनुदान सहयोग News Polar आयुर्वेद शिक्षण अस्पताल पुनःसञ्चालनमा News Polar बेनी–बाबियाचौर सडक खुल्यो News Polar साल्टट्रेडिङको सुपथ मूल्य पसलमा नुन र चिनी खरिद गर्न दाङमा उपभोक्ताको भीड News Polar इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला’, युवालाई रोजगारीसँग जोड्ने लक्ष्य News Polar दोधारा–चाँदनीको झोलुङ्गे पुलको पिल्लर भाँचियो News Polar संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्रीको सम्बोधनले विश्व मञ्चमा नेपालको कद उचो पारेको छः परराष्ट्रमन्त्री खनाल News Polar प्रधानमन्त्रीको भारत भ्रमणबारे परराष्ट्रमन्त्री खनाल : ‘उपयुक्त समयमा भ्रमण हुन्छ’ News Polar संयुक्त राष्ट्रसंघ महासभामा नेपालको सशक्त उपस्थितिले देशको कुटनीतिक छवि उच्च भयोः परराष्ट्रमन्त्री खनाल News Polar नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिनु प्रदेश सरकारको प्रमुख प्राथमिकता : मुख्यमन्त्री थापा मगर News Polar २० वर्ष पुरानो धितोपत्र ऐन बदल्न लगानीकर्ताको माग, ‘कानुनी रिक्तताले कुशासन मौलायो’ News Polar दोस्रो बजारको गिरावटप्रति लगानीकर्ताको चिन्ता, नियामक निगरानी र नीतिगत सुधारमा जोड

‘भूतपूर्व गोर्खा सैनिक र विदेशमा रहेका नेपालीका पक्षमा जीवनपर्यन्त लडिरहन्छु: प्रधानमन्त्री

‘भूतपूर्व गोर्खा सैनिक र विदेशमा रहेका नेपालीका पक्षमा जीवनपर्यन्त लडिरहन्छु: प्रधानमन्त्री
file
अ अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूतपूर्व गोर्खा सैनिकको हित, समान अधिकार र विश्वभरि रहेका नेपालीको रक्षाको निम्ति आफू जीवनपर्यन्त लडिरहने बताउनुभएको छ ।

आज दिउँसो गोरखा भूतपूर्व सैनिक सङ्घ ९गेसो० द्वारा ‘गोरखा समस्या समाधानका लागि आयोजित अन्तक्र्रिया कार्यक्रम’ लाई सम्बोधन गर्दै उहाँले ब्रिटिस सेनामा भर्ती भएकामध्ये गोर्खालीको तलब, सेवा सुविधा, पेन्सनलगायतका विषयमा जे–जस्तो विभेद विद्यमान छ, त्यो गेसोको मात्र नभएर सिङ्गो नेपाल र नेपाल सरकारको सरोकार र दायित्व भएको भन्दै त्यसको पक्षमा आफूले पहल लिने बताउनुभएको हो ।

प्रधानमन्त्रीले भन्नुभयो, “भूतपूर्व गोरखा सैनिकको समस्या राष्ट्रियस्तरबाट मात्र समाधान गर्ने मुद्दा नभएर दुईदेशीय एवं बहुपक्षीय रूपमा उठाउनुपर्ने र सम्बोधन गर्नुपर्ने मुद्दा हो, विश्वभरि रहेका नेपालीको हकहितका निम्ति राज्यले यस्ता मुद्दा अन्तर्राष्ट्रिय फोरममा उठाउनुपर्छ र त्यसमार्फत सम्बोधन गर्नुपर्छ भन्नेमा म प्रष्ट छु ।”

जलवायु परिवर्तनका कारण नेपालले सामना गर्न परिरहेको बहुआयामिक असरको विषयमा अन्तर्राष्ट्रिय मञ्चमा कूटनीतिक माध्यमबाटै समाधान खोज्नुपर्ने उहाँको भनाइ थियो ।

“चाहे खाडीलगायत विभिन्न मुलुकमा रहेका नेपाली कामदारको सवाल होस्, चाहे भूतपूर्व गोर्खालगायत विश्वभरि विभिन्न मुलुकमा कार्यरत नेपालीको कुरा होस्, चाहे जलवायु परिवर्तनका कारण नेपालले सामना गर्न परिरहेको बहुआयामिक असरको विषय होस्, यसबारे हामीले अन्तर्राष्ट्रिय मञ्चमा कूटनीतिक माध्यमबाटै समाधान खोज्नुपर्दछ”, उहाँले भन्नुभयो । रासस