४ भाद्र २०८३, बिहीबार
,
Latest
लालपुर्जा वितरण तीव्र, नापजाँच सकिएको १० वर्षपछि धनुषाको मिथिलामा ३१० परिवारले पाए लालपुर्जा आईजीपीलाई सांसद सुनारको चुनौती : ‘मानमर्दन भएको भए अदालत गएर मुद्दा हाल्नुस्’ ६६० किलो गाँजासहित दुई जना पक्राउ व्यक्तिले दिएको समर्थन दलको हुन सक्दैन : राप्रपा प्रवक्ता श्रेष्ठ नागरिक बचाउ महाअभियानका १२ बुँदे माग : ऋण मिनाहादेखि राजनीतिक मुद्दा खारेजीसम्म बनेपामा एकमहिने ‘गुँला’ पर्व मनाइँदै रास्वपाको ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम आजदेखि आमाको कलेजोले बच्यो पाँच वर्षीया छोरीको जीवन भारतीय सागसब्जीमा कडाइ, बाँकेका किसानका उत्पादनले पायो बजार विधान संशोधनका लागि रास्वपाले बनायो १५ सदस्यीय कार्यदल
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप खेल्ने भारतको टोली घोषणा



अ+ अ-

काठमाडौँ । भारतले आगमी महिना हुने एकदिवसीय विश्वकप खेल्ने १५ सदस्य टोली घोषणा गरेको छ । भारतले रोहित शर्माको कप्तानीमा घोषणा गरेको टोलीमा केएल राहुल र सूर्यकुमार यादवलाई पनि निरन्तरता दिएको छ ।

भारतले १७ सदस्य एसिया कपमा समाबेश गरेको तिलक बर्मा र प्रसिद्ध कृष्णालाई भने विश्वकपमा समाबेश गरेको छैन । यदि भारतले चाहेको खण्डमा सेप्टेम्बर २८ भित्र आफ्नो खेलाडी पुन: परिवर्तन गर्नसक्छ ।

यस्तै, भारतका स्पिनर युजभेन्द्र चहल, तीव्र गतिका बलर भुवनेश्वर कुमार, विकेटकिपर सन्जु स्यामसन र ओपनर शिखर धवनले पनि विश्वकप खेल्ने टोलीमा स्थान बनाउन सकेनन् । त्यस्तै, ठूलो सम्भावना बोकेका युवा ब्याटर यशस्वी जैसवाल र ऋतुराज गायकवाड पनि भारतको टोलीमा छैनन् । यशस्वी र ऋतुराजले आईपिएलमा उत्कृष्ट प्रदर्शन गरेका थिए ।

घरेलु मैदानमा हुनलागेको विश्वकपमा भारतले अक्टोबर ५ मा अष्ट्रेलियासँग खेल्दै सुरुवात गर्नेछ ।भारतले सन् २०११ मा पछिल्लो पटक घरेलु मैदानमै विश्वकप जितेको थियो । त्यसपछि भने कुनैपनि विश्वकप उपाधि जितेको छैन । पछिल्लो विश्वकप २०१९ मा भारत सेमिफाइनलमा न्युजिल्यान्डसँग पराजित हुँदै बाहिरिएको थियो । घरेलु मैदान र दर्शकले गर्दा भारतले विश्वकप जित्न सक्ने सम्भावना बढी देखिन्छ ।

भारतको विश्वकप खेल्ने टोली:

रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, श्रेयस ऐर, ईशान किशन (विकेटकिपर), केएल राहुल (विकेटकिपर), हार्दिक पान्ड्या(उपकप्तान), सूर्यकुमार यादव, रविन्द्र जडेजा, अक्षर पटेल, शार्दुल ठाकुर, जस्प्रित बुमराह, मोहम्मद शामी, मोहम्मद शिराज र कुलदीप यादव ।