२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप खेल्ने भारतको टोली घोषणा



अ+ अ-

काठमाडौँ । भारतले आगमी महिना हुने एकदिवसीय विश्वकप खेल्ने १५ सदस्य टोली घोषणा गरेको छ । भारतले रोहित शर्माको कप्तानीमा घोषणा गरेको टोलीमा केएल राहुल र सूर्यकुमार यादवलाई पनि निरन्तरता दिएको छ ।

भारतले १७ सदस्य एसिया कपमा समाबेश गरेको तिलक बर्मा र प्रसिद्ध कृष्णालाई भने विश्वकपमा समाबेश गरेको छैन । यदि भारतले चाहेको खण्डमा सेप्टेम्बर २८ भित्र आफ्नो खेलाडी पुन: परिवर्तन गर्नसक्छ ।

यस्तै, भारतका स्पिनर युजभेन्द्र चहल, तीव्र गतिका बलर भुवनेश्वर कुमार, विकेटकिपर सन्जु स्यामसन र ओपनर शिखर धवनले पनि विश्वकप खेल्ने टोलीमा स्थान बनाउन सकेनन् । त्यस्तै, ठूलो सम्भावना बोकेका युवा ब्याटर यशस्वी जैसवाल र ऋतुराज गायकवाड पनि भारतको टोलीमा छैनन् । यशस्वी र ऋतुराजले आईपिएलमा उत्कृष्ट प्रदर्शन गरेका थिए ।

घरेलु मैदानमा हुनलागेको विश्वकपमा भारतले अक्टोबर ५ मा अष्ट्रेलियासँग खेल्दै सुरुवात गर्नेछ ।भारतले सन् २०११ मा पछिल्लो पटक घरेलु मैदानमै विश्वकप जितेको थियो । त्यसपछि भने कुनैपनि विश्वकप उपाधि जितेको छैन । पछिल्लो विश्वकप २०१९ मा भारत सेमिफाइनलमा न्युजिल्यान्डसँग पराजित हुँदै बाहिरिएको थियो । घरेलु मैदान र दर्शकले गर्दा भारतले विश्वकप जित्न सक्ने सम्भावना बढी देखिन्छ ।

भारतको विश्वकप खेल्ने टोली:

रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, श्रेयस ऐर, ईशान किशन (विकेटकिपर), केएल राहुल (विकेटकिपर), हार्दिक पान्ड्या(उपकप्तान), सूर्यकुमार यादव, रविन्द्र जडेजा, अक्षर पटेल, शार्दुल ठाकुर, जस्प्रित बुमराह, मोहम्मद शामी, मोहम्मद शिराज र कुलदीप यादव ।