१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

बलिउड अभिनेता आयुष्मान खुराना बने वाइवाइका ब्राण्ड एम्बेसडर



अ+ अ-

काठमाडौँ । बलिउड अभिनेता आयुष्मान खुरानालाई सिजि कर्प ग्लोबल अन्तर्गतको सीजी फुड्सले भारतमा आफ्नो उत्पादन वाइवाइ चाउचाउको ब्राण्ड एम्बेसडरमा नियुक्त गरेको छ ।

सिजी कर्प ग्लोबल इन्डियाका प्रबन्ध निर्देशक वरुण चौधरी संग मित्रवत सम्बन्ध रहेको अभिनेता आयुष्मानले आफू ब्राण्ड एम्बेसडर नियुक्त भएपछि विश्व बजारमा बेग्लै छाप बनाइरहेको नेपाली उत्पादनसँग व्यवसायिक सहकार्य गर्न पाउँदा खुशि लागेको बताएका छन् । प्रबन्ध निर्देशक वरुण चौधरीले पनि बलिउड स्टार खुरानासँग सहकार्य गर्न पाउँदा खुशि लागेको जारी विज्ञप्तिमा उल्लेख छ ।

चौधरीले भने, ‘असाध्यै छोटो समयमा खुरानासँग सहकार्य गर्ने निर्णय भयो । मलाई विश्वास छ खुरानासँगको सहकार्यले ब्राण्डलाई अझै उचाइमा लैजान मद्दत पुग्नेछ ।’

आयुष्मान पछिल्लो समय बलिउड फिल्म ‘ड्रिमगर्ल २’लाई लिएर चर्चामा छन् । यो फिल्म भारतीय बक्सअफिसमा करोड क्लबमा प्रवेश गर्ने तयारीमा छ भने नेपालमा समेत सुखद कमाइ गरिरहेको छ । स्वाभाविक र जीवन्त अभिनयका लागि उनलाई लगातार दुई पटक सर्वश्रेष्ठ अभिनेताको लागि फिल्मफेयर क्रिटिक्स पुरस्कार र उनले सर्वश्रेष्ठ अभिनेताको लागि राष्ट्रिय चलचित्र पुरस्कार पनि जितेका थिए।

अभिनयको अतिरिक्त, खुरानाले आफ्ना धेरै चलचित्रहरूका लागि पनि गीत गाएका छन्, जसमा ‘पानी दा रङ’ गीत समावेश छ, जसले उनलाई सर्वश्रेष्ठ पुरुष पार्श्वगायकको लागि फिल्मफेयर पुरस्कार दिलाएको थियो। ‘विकी डोनर’ बाट एकै पटक स्थापित आयुष्मान ले प्रेमलीला, ‘दम लगा के हईशा'(सन् २०१५) मा अभिनय गरेका थिए। खुरानाले हास्य ‘बरेली की बर्फी'(सन् २०१७), शुभ मङ्गल सावधान (सन् २०१७), ‘बधाई हो'(सन् २०१८), ‘ड्रिम गर्ल'(सन् २०१९) र ‘बाला'(सन् २०१९)स थ्रिलर ‘अन्धाधुन’ (सन् २०१८) र ‘आर्टिकल १५’ (सन् २०१९) सँग आफूलाई स्थापित गरेका थिए।