• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo
Latest
★   जनता र नेतृत्वको प्राथमिकता फरक हुँदा मुलुक अफ्ठ्यारोमा पर्याेः सभापति लामिछाने ★   नेपालको राजनीतिक अवस्था जटिल मोडमा छः अध्यक्ष श्रेष्ठ ★   कमिसनतन्त्र र भ्रष्टाचार संघदेखि प्रदेशसम्मै बढेर गयोः अध्यक्ष यादव ★   संविधानको रक्षा र लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको सबलीकरण गर्न आवश्यकः देउवा ★   राप्रपा नेपालमा समाहित भयो नेपाल जनता पार्टी धिरेन्द्र झा समूह ★   मोनाली ठाकुरलाई कन्सर्टमा दुर्व्यवहार, दर्शकहरुमध्ये एक व्यक्तिले गोप्य अंगमा टिप्पणी गरे ★   बागमती प्रदेशका पूर्वमुख्यमन्त्री पौडेल अर्थोपेडिक अस्पतालमा ★   युरो कपमा आज नकआउट चरणका दुई खेल हुँदै ★   कांग्रेस पदाधिकारी बैठक बस्दै ★   प्रभु बैंकले सञ्चालनमा ल्यायो भिजा बिजनेश डेबिट कार्ड सेवा

ह्याप्पी ड्रेसिङ रुममा भारतीय खेलाडी र प्रशिक्षकले नेपाली खेलाडीलाई मेडल लगाईदिए



काठमाडौं । ह्याप्पी ड्रेसिङ रुममा नेपाली खेलाडीहरुलाई भारतीय खेलाडी र प्रशिक्षकले मेडल लगाईदिएका दिएका छन् । सोमबार भएको एसिया कपअन्तर्गत नेपाल र भारतको खेलमा उत्कृष्ट प्रदर्शन गर्ने नेपाली खेलाडीहरुलाई मेडल प्रधान गरेको हो ।

हिजोको खेल वर्षाले प्रभावित हुदा नेपाल भारतसँग डकवर्थ लेविस(डिएलए) पद्धतिको आधारमा १० विकेटले पराजित भएको थियो । नेपाली टीमका प्रमुख प्रशिक्षक मोन्टी देसाईले खेलमा हार जित जे भएपनि उत्कृष्ट प्रदर्शन गर्नेलाई ह्याप्पी ड्रेसिङ रुममा मेडल प्रधान गर्दै आएका छन् । हारको बेलामा पनि उनीहरुलाई हौसला प्रधान गर्न उत्कृष्ट खेलाडिलाई मेडल प्रधान गर्दै आएको छ ।

हिजो खेलमा उत्कृष्ट प्रदर्शन गरेका नेपाली खेलाडिलाई भारतका खेलाडी र प्रशिक्षकबिच मेडल प्रधान गरिएको थियो । सोमपाल कामिलाई भारतका अलराउण्डर हार्दिक पाड्याले मेडल लगाईदिएका थिए । उनले ५६ बलमा १ चौका र २ छक्कासहित ४८ रनको महत्वपूर्ण योगदान दिएका थिए । यस्र्तै अर्धशतक बनाएका ओपनर आसिफ शेखलाई विराट कोहलीले मेडल लगाईदिए । उनले ९७ बलमा ८ चौकासहित सर्वाधिक ५८ रनको योगदान दिएका थिए ।

त्यसैगरी, फिल्डिङमा उत्कृष्ट प्रदर्शन गरेका दिपेन्द्र सिंह ऐरीलाई भारतीय प्रशिक्षक राहुल द्रविणले मेडल प्रधान गरे । ३१.५ ओभरमा १४४–६ को अवस्थामा पुगेको नेपाललाई सातौं विकेटका लागि सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले ५० रनको साझेदारी गर्दै २ सय रनको आंकडा पार गराएका थिए ।

एसिया कपमा समूह ए बाट पाकिस्तान शीर्ष र भारत दोस्रो स्थानमा रहँदै सुपर फोरमा पुगेका छन् । नेपाल भने जित विहीन हुँदै बाहिरिएको छ ।

नेपालले अव सेप्टेम्बर अन्तिममा चीनमा गएर १९ औं एसियाली खेलकुद र नोभेम्बर पहिलो साता घरेलु मैदानमा टि–२० विश्वकप छनोट एसिया खेल्दैछ ।