२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

ह्याप्पी ड्रेसिङ रुममा भारतीय खेलाडी र प्रशिक्षकले नेपाली खेलाडीलाई मेडल लगाईदिए



अ+ अ-

काठमाडौं । ह्याप्पी ड्रेसिङ रुममा नेपाली खेलाडीहरुलाई भारतीय खेलाडी र प्रशिक्षकले मेडल लगाईदिएका दिएका छन् । सोमबार भएको एसिया कपअन्तर्गत नेपाल र भारतको खेलमा उत्कृष्ट प्रदर्शन गर्ने नेपाली खेलाडीहरुलाई मेडल प्रधान गरेको हो ।

हिजोको खेल वर्षाले प्रभावित हुदा नेपाल भारतसँग डकवर्थ लेविस(डिएलए) पद्धतिको आधारमा १० विकेटले पराजित भएको थियो । नेपाली टीमका प्रमुख प्रशिक्षक मोन्टी देसाईले खेलमा हार जित जे भएपनि उत्कृष्ट प्रदर्शन गर्नेलाई ह्याप्पी ड्रेसिङ रुममा मेडल प्रधान गर्दै आएका छन् । हारको बेलामा पनि उनीहरुलाई हौसला प्रधान गर्न उत्कृष्ट खेलाडिलाई मेडल प्रधान गर्दै आएको छ ।

हिजो खेलमा उत्कृष्ट प्रदर्शन गरेका नेपाली खेलाडिलाई भारतका खेलाडी र प्रशिक्षकबिच मेडल प्रधान गरिएको थियो । सोमपाल कामिलाई भारतका अलराउण्डर हार्दिक पाड्याले मेडल लगाईदिएका थिए । उनले ५६ बलमा १ चौका र २ छक्कासहित ४८ रनको महत्वपूर्ण योगदान दिएका थिए । यस्र्तै अर्धशतक बनाएका ओपनर आसिफ शेखलाई विराट कोहलीले मेडल लगाईदिए । उनले ९७ बलमा ८ चौकासहित सर्वाधिक ५८ रनको योगदान दिएका थिए ।

त्यसैगरी, फिल्डिङमा उत्कृष्ट प्रदर्शन गरेका दिपेन्द्र सिंह ऐरीलाई भारतीय प्रशिक्षक राहुल द्रविणले मेडल प्रधान गरे । ३१.५ ओभरमा १४४–६ को अवस्थामा पुगेको नेपाललाई सातौं विकेटका लागि सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले ५० रनको साझेदारी गर्दै २ सय रनको आंकडा पार गराएका थिए ।

एसिया कपमा समूह ए बाट पाकिस्तान शीर्ष र भारत दोस्रो स्थानमा रहँदै सुपर फोरमा पुगेका छन् । नेपाल भने जित विहीन हुँदै बाहिरिएको छ ।

नेपालले अव सेप्टेम्बर अन्तिममा चीनमा गएर १९ औं एसियाली खेलकुद र नोभेम्बर पहिलो साता घरेलु मैदानमा टि–२० विश्वकप छनोट एसिया खेल्दैछ ।

 




भर्खरै