५ श्रावण २०८३, मंगलवार
,
Latest
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

द्वारिकाज होटलमा पूर्वराजा र गृहमन्त्रीको जम्काभेट



अ+ अ-

काठमाडौँ । काठमाडौँको एक होटलमा पूर्वराजा ज्ञानेन्द्र शाह र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको जम्काभेट भएको छ ।

एक कार्यक्रममा सहभागी भएका उहाँहरु एकै टेबलमा बसेर केही कुराकानी गरेकोजस्तो तस्बिरमा देखिन्छ । तर उहाँहरुका बीचमा कुराकानी भयो भएन या के विषयमा कुराकानी भयो भन्ने बारेमा भने थाहा हुन सकेन ।

काठमाडौँको बत्तिसपुतलीमा रहेको द्वारिकाज होटलमा उहाँहरुबीच भेट भएको हो । केही दिन अघि नेपाल आउनुभएका भारतीय गुरु जग्गी बसुदेव (सद्गुरू) लाई भेट्न दुवै जना द्वारिकाज होटल पुगेका बेला सो भेटघाट भएको समाचार स्रोतले बतायो ।

आइतबार साँझ सद्गुरुलाई भेट्न उहाँहरु होटल द्वारीकाज पुग्नुभएको थियो । सो होटलमा पूर्वराजा शाह पुगेलगत्तै उपप्रधानमन्त्री श्रेष्ठ पनि पुग्नुभएको थियो । उहाँहरु दुवै जना एकै टेबलमा बसेर सद्गुरूसँग छलफल गर्नुभएको थियो ।स्रोतका अनुसार छलफलमा नेपालको विभिन्न क्षेत्रका अरु पनि करिब १५ जनाजति सहभागी भएका थिए । सो टेबलामा पूर्वराजा शाह, उहाँसँगै सद्दुरु र उपप्रधानमन्त्री श्रेष्ठका साथ पर्यटन व्यवसायी तथा होटल होटल द्वारिकाजका सञ्चालक अम्बिका श्रेष्ठ हुनुहुन्थ्यो ।

सद्गुरु दुई दिन अघि नेपाल आउनुभएको थियो । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्टकक्षमा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले स्वागत गर्नुभएको थियो ।




भर्खरै