२० मंसिर २०८२, शनिबार
,
Latest
कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’ प्रथम राष्ट्रिय इनलाइन स्केट म्याराथनको उपाधि निमिषा र साम्देन लाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

द्वारिकाज होटलमा पूर्वराजा र गृहमन्त्रीको जम्काभेट



अ+ अ-

काठमाडौँ । काठमाडौँको एक होटलमा पूर्वराजा ज्ञानेन्द्र शाह र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको जम्काभेट भएको छ ।

एक कार्यक्रममा सहभागी भएका उहाँहरु एकै टेबलमा बसेर केही कुराकानी गरेकोजस्तो तस्बिरमा देखिन्छ । तर उहाँहरुका बीचमा कुराकानी भयो भएन या के विषयमा कुराकानी भयो भन्ने बारेमा भने थाहा हुन सकेन ।

काठमाडौँको बत्तिसपुतलीमा रहेको द्वारिकाज होटलमा उहाँहरुबीच भेट भएको हो । केही दिन अघि नेपाल आउनुभएका भारतीय गुरु जग्गी बसुदेव (सद्गुरू) लाई भेट्न दुवै जना द्वारिकाज होटल पुगेका बेला सो भेटघाट भएको समाचार स्रोतले बतायो ।

आइतबार साँझ सद्गुरुलाई भेट्न उहाँहरु होटल द्वारीकाज पुग्नुभएको थियो । सो होटलमा पूर्वराजा शाह पुगेलगत्तै उपप्रधानमन्त्री श्रेष्ठ पनि पुग्नुभएको थियो । उहाँहरु दुवै जना एकै टेबलमा बसेर सद्गुरूसँग छलफल गर्नुभएको थियो ।स्रोतका अनुसार छलफलमा नेपालको विभिन्न क्षेत्रका अरु पनि करिब १५ जनाजति सहभागी भएका थिए । सो टेबलामा पूर्वराजा शाह, उहाँसँगै सद्दुरु र उपप्रधानमन्त्री श्रेष्ठका साथ पर्यटन व्यवसायी तथा होटल होटल द्वारिकाजका सञ्चालक अम्बिका श्रेष्ठ हुनुहुन्थ्यो ।

सद्गुरु दुई दिन अघि नेपाल आउनुभएको थियो । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्टकक्षमा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले स्वागत गर्नुभएको थियो ।