६ पुष २०८२, आईतवार
,
Latest
तेह्रथुमबाट गगन थापा एकल सिफारिस, प्रदेशले थप्यो सीता गुरुङको नाम पर्ल हार्बरका अन्तिम साक्षीमध्ये एक इरा स्काबको निधन राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट नेप्से परिसूचकमा १९ अङ्कको गिरावट रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, सभापति रवि लामिछानेले सम्बोधन गर्ने वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना धार्मिक पर्यटनको गन्तव्य बन्दै उत्तरगङ्गा ढोरबराह सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट विधायन ऐन कार्यान्वयनमा सरकार सक्रियः कानूनमन्त्री सिन्हा सरकारलाई राष्ट्रिय सभाका सांसदहरुको प्रश्नः तोकिएको मितिमा निर्वाचन हुन्छ कि हुँदैन ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिक्रमलाई तोक्यो राप्रपाले भदौ २७ हुने बिरोध सभाको कमाण्डर



अ+ अ-

काठमाडौं । राप्रपाले भदौ २७ गते काठमाडौंमा गर्ने विरोध सभालाई व्यवस्थित र प्रभावकारी बनाउन पार्टीका बागमती प्रदेश समितिका अध्यक्ष, पूर्वमन्त्री विक्रमबहादुर थापाको अध्यक्षतामा उपत्यकाव्यापी बृहत विरोध सभा आयोजक मुल समिति गठन गरेको छ।

पार्टी केन्द्रीय कार्यालयमा आज अध्यक्ष राजेन्द्र लिङ्देन र पार्टीका वरिष्ठ नेताहरूको उपस्थितिमा बसेको बैठकले थापाको संयोजकत्वमा मूलसमिति गठन गरेको हो । समितिको सदस्य सचिवमा प्रवक्ता एवं प्रमुख सचेतक ज्ञानेन्द्र शाही रहनुभएको छ। यसैगरी उपत्यकाबाट प्रतिनिधित्व गर्ने पार्टीका पदाधिकारी एवं सदस्यहरु, बागमती प्रदेशका १३ जिल्लाका जिल्ला अध्यक्षहरु, सम्पर्क समाज समन्वय विभागका प्रमुख र सबै भातृ संगठनका अध्यक्षहरु मूल समितिको सदस्य रहनुभएको छ।

राप्रपाको आइतबार बसेको केन्द्रीय पदाधिकारी बैठकले गौवंश हत्याको विरोध गर्न, गौवंश हत्याको विरोधमा विभिन्न संघसंस्थाबाट देशभर भइरहेका प्रदर्शनमा समर्थन र ऐक्यबद्धता प्रकट गर्न, सामाजिक सदभाव कायम गर्न, हिन्दुराष्ट्र र राजसंस्था पुन:स्थापनाको आवाजलाई बुलन्द बनाउन, भ्रष्टाचार नियन्त्रण र भ्रष्टाचार काण्डको पूर्ण छानबिन गर्न, शिथिल अर्थतन्त्रमा सुधार गरी स्वदेशमा रोजगारीको अवसर सिर्जना गर्न, महंगी नियन्त्रण गरी आम जनतालाई राहत प्रदान गर्न र जनजीवन सहज बनाउन सरकारलाई दबाब दिन भदौ २७ गते काठमाडौंमा बृहत विरोध सभा आयोजना गर्ने निर्णय गरेको थियो ।

मुल समितिको बैठक मंगलबार अपरान्ह १।०० बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठ जानकारी दिनुभयो ।