५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिक्रमलाई तोक्यो राप्रपाले भदौ २७ हुने बिरोध सभाको कमाण्डर



अ+ अ-

काठमाडौं । राप्रपाले भदौ २७ गते काठमाडौंमा गर्ने विरोध सभालाई व्यवस्थित र प्रभावकारी बनाउन पार्टीका बागमती प्रदेश समितिका अध्यक्ष, पूर्वमन्त्री विक्रमबहादुर थापाको अध्यक्षतामा उपत्यकाव्यापी बृहत विरोध सभा आयोजक मुल समिति गठन गरेको छ।

पार्टी केन्द्रीय कार्यालयमा आज अध्यक्ष राजेन्द्र लिङ्देन र पार्टीका वरिष्ठ नेताहरूको उपस्थितिमा बसेको बैठकले थापाको संयोजकत्वमा मूलसमिति गठन गरेको हो । समितिको सदस्य सचिवमा प्रवक्ता एवं प्रमुख सचेतक ज्ञानेन्द्र शाही रहनुभएको छ। यसैगरी उपत्यकाबाट प्रतिनिधित्व गर्ने पार्टीका पदाधिकारी एवं सदस्यहरु, बागमती प्रदेशका १३ जिल्लाका जिल्ला अध्यक्षहरु, सम्पर्क समाज समन्वय विभागका प्रमुख र सबै भातृ संगठनका अध्यक्षहरु मूल समितिको सदस्य रहनुभएको छ।

राप्रपाको आइतबार बसेको केन्द्रीय पदाधिकारी बैठकले गौवंश हत्याको विरोध गर्न, गौवंश हत्याको विरोधमा विभिन्न संघसंस्थाबाट देशभर भइरहेका प्रदर्शनमा समर्थन र ऐक्यबद्धता प्रकट गर्न, सामाजिक सदभाव कायम गर्न, हिन्दुराष्ट्र र राजसंस्था पुन:स्थापनाको आवाजलाई बुलन्द बनाउन, भ्रष्टाचार नियन्त्रण र भ्रष्टाचार काण्डको पूर्ण छानबिन गर्न, शिथिल अर्थतन्त्रमा सुधार गरी स्वदेशमा रोजगारीको अवसर सिर्जना गर्न, महंगी नियन्त्रण गरी आम जनतालाई राहत प्रदान गर्न र जनजीवन सहज बनाउन सरकारलाई दबाब दिन भदौ २७ गते काठमाडौंमा बृहत विरोध सभा आयोजना गर्ने निर्णय गरेको थियो ।

मुल समितिको बैठक मंगलबार अपरान्ह १।०० बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठ जानकारी दिनुभयो ।