२० मंसिर २०८२, शनिबार
,
Latest
पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’ प्रथम राष्ट्रिय इनलाइन स्केट म्याराथनको उपाधि निमिषा र साम्देन लाई भ्याली पब्लिक बास्केटबलमा तेजस्वी र पारामाउन्ट विजयी महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना
तपाईं के खोज्दै हुनुहुन्छ ?

सारुककी आमाको प्रश्न: आत्महत्या प्रकरणमा प्रहरीको छानबिन कहाँ पुग्यो ?



अ+ अ-

काठमाडौं । दिवंगत चलचित्रकर्मी सानु ताम्राकारकी श्रीमती रुकमणी ताम्राकारले आफ्नो छोरा सारुक ताम्राकारको आत्महत्या प्रकरणमा प्रहरीको छानबिनबारे प्रश्न गर्नुभएको छ ।

उहाँले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो छोरा कलाकार सारुकलाई गुमाउनुका साथै त्यसको ५२ दिनमा श्रीमानसमेत गुमाउँदा आफूमाथि ठूलो बज्रपात परेको भन्दै यतिका दिनसम्म प्रहरी प्रशासनबाट छानबिन कहाँसम्म पुग्यो भनी प्रश्न गर्नुभएको हो ।

उहाँले छानबिनबारे प्रहरी प्रशासनबाट खबर नआउँदा छोराको अन्तिम सुटिङको बेला के भएको थियो र छोराले के कारणले आत्महत्याजस्तो कदम चाल्यो भन्नेबारे राम्रोसँग छानबिन गर्न र प्रहरीलाई फोनको विस्तृत विवरण  प्रष्टरुपमा अगाडि ल्याउन अनुरोध गर्नुभएको छ ।

अभिनेता सारुक ताम्राकार आफ्नै घरमा मृत फेला परेका थिए । उनलाई असार २१ गते राति काठमाडौँ रातोपुलस्थित आफ्नै निवासमा भर्‍याङको रेलिङमा प्लास्टिकको पाइपको पासो लगाई झुन्डिएको अवस्थामा मृत भेटिएको थियो ।

पछिल्लो समय उनी ‘ह्यासट्याग माया’ चलचित्रको छायाङ्कनमा व्यस्त थिए।

पुत्रवियोगमा विक्षिप्त भई मिर्गौलामा समस्याबाट पीडित सानु ताम्राकारको पनि यही भदौ ९ गते निधन भएको थियो ।