२० मंसिर २०८२, शनिबार
,
Latest
इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

ब्यक्ती परिबर्तनले समस्या समाधान हुन्न,अब ब्यबस्था परिबर्तन: कमल थापा



अ+ अ-

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुकुकको बिधमान अबस्थामा ब्यक्ति परिबर्तन गरेर समस्या समाधान नहुने भन्दै ब्यबस्था र प्रणाली नै परिबर्तन गर्नुपर्नेमा जोड दिएका छन् ।

आज पार्टी प्रवेश कार्यक्रममा बोल्दै थापाले गणतन्त्र , धर्म निरपेक्षता र संघीयताले मुलुकलाई निस्कनै नसकिने दलदलमा फसाएको भन्दै अब यो ब्यबस्था र प्रणालीको बिकल्प खोज्ने समय आएको समेत बताए। सिङ्गो राज्यसत्ता भ्रष्टाचारमा लिप्त भएको भन्दै थापाले सरकारको सुशासन र समृद्धिको गफ हावादारी भएको समेत टिप्पणी गरे। “भ्रष्टाचारिलाई कार्बाही होइन, सरकार भ्रष्टाचारिको संरक्षक भएर निस्किएको छ, जुन दुर्भाग्यपूर्ण छ” – उनले भने । राजनितीक दलका नेता, कर्मचारी, बिचौलियाहरुको त्रिकोणात्मक गठजोडले भ्रष्टाचार संस्थागत भएको थापाको दाबी थियो । चुनाब जित्ने, सरकारमा जाने, सत्ता टिकाउने अनि ब्रम्हलुट गर्ने यो दुष्चक्रबाट मुलुकलाई बाहिर निकाल्नुपर्ने आबश्यकता रहेको थापाले चर्चा गरे।

आगामी भाद्र २९ गते काठमाडौंमा हुने बिरोध प्रदर्शनको तयारीमा जुट्न नब प्रबेशी युबाहरुलाई थापाले आग्रह गरे। सो अबसरमा विशाल बिक्रम राणाको नेतृत्वमा दर्जनौ युबा राप्रपा नेपाल प्रबेश गरेका छन् । साथै राप्रपा गण्डकी प्रदेश सदस्य सुदर्शन केसि राप्रपा नेपाल प्रबेश गरेका छन् ।