२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी
तपाईं के खोज्दै हुनुहुन्छ ?

ब्यक्ती परिबर्तनले समस्या समाधान हुन्न,अब ब्यबस्था परिबर्तन: कमल थापा



अ+ अ-

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुकुकको बिधमान अबस्थामा ब्यक्ति परिबर्तन गरेर समस्या समाधान नहुने भन्दै ब्यबस्था र प्रणाली नै परिबर्तन गर्नुपर्नेमा जोड दिएका छन् ।

आज पार्टी प्रवेश कार्यक्रममा बोल्दै थापाले गणतन्त्र , धर्म निरपेक्षता र संघीयताले मुलुकलाई निस्कनै नसकिने दलदलमा फसाएको भन्दै अब यो ब्यबस्था र प्रणालीको बिकल्प खोज्ने समय आएको समेत बताए। सिङ्गो राज्यसत्ता भ्रष्टाचारमा लिप्त भएको भन्दै थापाले सरकारको सुशासन र समृद्धिको गफ हावादारी भएको समेत टिप्पणी गरे। “भ्रष्टाचारिलाई कार्बाही होइन, सरकार भ्रष्टाचारिको संरक्षक भएर निस्किएको छ, जुन दुर्भाग्यपूर्ण छ” – उनले भने । राजनितीक दलका नेता, कर्मचारी, बिचौलियाहरुको त्रिकोणात्मक गठजोडले भ्रष्टाचार संस्थागत भएको थापाको दाबी थियो । चुनाब जित्ने, सरकारमा जाने, सत्ता टिकाउने अनि ब्रम्हलुट गर्ने यो दुष्चक्रबाट मुलुकलाई बाहिर निकाल्नुपर्ने आबश्यकता रहेको थापाले चर्चा गरे।

आगामी भाद्र २९ गते काठमाडौंमा हुने बिरोध प्रदर्शनको तयारीमा जुट्न नब प्रबेशी युबाहरुलाई थापाले आग्रह गरे। सो अबसरमा विशाल बिक्रम राणाको नेतृत्वमा दर्जनौ युबा राप्रपा नेपाल प्रबेश गरेका छन् । साथै राप्रपा गण्डकी प्रदेश सदस्य सुदर्शन केसि राप्रपा नेपाल प्रबेश गरेका छन् ।